१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापाली सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड : पुरुषतर्फ दमकका शरद सिहं महिलातर्फ दमककै पुष्पा प्रथम

सेयर:

२५ असोज, मेचीनगर : ‘जेनेरेशन जेड’ जेन—जीका नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित २३ भदौंबाट शुरु गरेको प्रदर्शनका क्रममा साहदात झापाली सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदर्शनका क्रममा २४ भदौंमा झापा अर्जुनधारा नगरपालिका —८ हात्तीकिल्लाका ३२ वर्षीया दिनेश राजवंशी र झापा अर्जुनधारा— ११ लक्ष्मी धापका ३९ वर्षीय छोरा ज्ञानेन्द्र सेढाई (गोपाल) को मृत्यु भएको थियो । शनिबार उनीहरुको स्मृतिमा झापा मेचीनगरका युवाहरुको समूह यूथ फर सोसाइटी मेचीनगरले नगरमा “५ के रोड रन” ‐म्याराथन दौड) को आयोजना गरेको थियो ।

सोसाइटीका अनुसार “सहिदहरुप्रति समर्पित म्याराथन दौड–५ के रोड रन” मेचीनगर नगरपालिका वडा नम्बर —१५ स्थित बिचार्नी चोकबाट वडा नम्बर —१० को धुलाबारीमोडमा पुगेर समापन भएको थियो ।

पाँच किलोमिटर सम्मको उक्त दुरी १८ मिनेट ३२ सेकेण्डमा पार गदैं पुरुषतर्फ झापा दमकका शरद सिहं प्रथम भए । उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे । यसैगरी, १८ मिनेटमा ४२ सेकेण्डमा दुरी पार गर्दै झापा विर्तामोडका शिव कार्कीले दोस्रो स्थान हासिल गदैं नगद तीन हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र हात पारे । झापा दमकका मिङ्सेन लिम्बुले २० मिनेट ४४ सेकेण्डमा दुरी पार गदैं तेस्रो स्थान हासिल गरे । उनले नगद दुईहजार रुपैयाँसहित सहित ट्रफी, पदक र प्रमाण पत्र जितेको सोसइटीका सदस्य जयराम दाहालले जानकारी दिए ।

महिलातर्फ झापा दमकका पुष्पा शेर्मा लिम्बु प्रथम, दमकका मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो भए । उनीहरुले क्रमस नगद पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरेको दाहालले बताए ।

म्याराथन दौड सम्पन्न गर्न सागर राजवंशीको संयोजकत्वमा सात सदस्यीत समिति समेत गठन गरिएको थियो । प्रतियोगितामा एकसय ४६ पुरुष तथा १८ महिलागरी कुल एकसय ६४ जना धावक सहभागी रहेको दाहालले बताए । कार्यक्रममा सहिद दिनेश राजवंशीको आमा, पत्नी , दाजु भाउजु, नानीहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा शहिद परिवारलाई सोसाइटीले नगद ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरेको छ । सोसाईटिका अध्यक्ष सागर राजवंशीले सहिद दिनेश राजवंशीका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।