१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगर युवा कप: शनिबार ५ खेल सम्पन्न

सेयर:

२ असोज, मेचीनगर : झापाको मेचीनगरमा जारी दोस्रो मेचीनगर युवा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार पाँच खेल सम्पन्न भएका छन् । जसमा मेचीनगर वडा नम्बर २, ८, १, भानु क्लब र वडा नम्बर १५ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको पहिलो खेलमा मेचीनगर वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर २ ले वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो खेलमा मेचीनगर वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर ८ विजयी भएको छ । प्रतिष्पर्धात्मक भएको खेलमा वडा नम्बर ८ ले ४ लाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

आजै भएको तेस्रो खेलमा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर १ ले वडा नम्बर १२ लाई २–० गोल अन्तरले पराजित गरेको छ ।

चौथो खेलमा भानु क्लब मेचीनगर ६ विजयी भएको छ । भानु क्लबले वडा नम्बर १३ लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै पाँचौ तथा अन्तिम खेलमा बसपार्क ११ काँकारभिट्टालाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १५ विजयी भएको छ । अन्यन्तै प्रतिष्पर्धात्मक भएको खेलको निर्धारित समयमा दुवै टिमबाट समान १/१ गोल भएपछि खेलको नतिजा टाई ब्रेकरबाट लिईएको थियो । जसमा वडा नम्बर १५ भाग्यमानी साबित भयो ।

प्रतियोगिताको तेस्रो दिन आइतबार तीन खेल हुने आयोजकले जनाएको छ । आइतबारको पहिलो खेल मेचीनगर वडा नम्बर ७ र स्नोकर ११ एफसी बिच दिनको २ बजेदेखि तथा दोस्रो खेल डाउनटाउन फुटबल क्लब र वडा नम्बर ११ बिच दिनको ३ बजेदेखि हुने छ ।

त्यस्तै आइतबार नै हुने तेस्रो तथा अन्तिम खेल धुलाबारी फुटबल क्लब र हेप्पी क्लब बिच दिनको ४ बजेदेखि हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित प्रतियोगितामा नगरका २० टिमको सहभागी रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद २० हजारसहित, ट्रफी मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता फाइनल खेल असोज ८ गते हुने छ ।

हाम्रोखबरपाटीबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।