१२ चैत्र, काठमाडौँ : नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला गुमाएको छ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा ३ विकेटले पराजित भएसँगै नेपालले श्रृंखला पाहुना टोली पिएनजीलाई सुम्पिएको हो। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।
शनिबार दोस्रो खेलमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पिएनजीले ८ बल बाँकी छँदै पूरा गर्यो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो।


