१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने

सेयर:

मेचीनगर,माघ ७ गते । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट ‘नाईन साइड ‘ फुटबल प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमीफाईनलमा डीवाईपी फुटबल क्लब डुँडामारीले गार्डेन फुटबल क्लब ,धरान विरूद्द सनसनीपूर्ण जीत निकालेको छ ।

डुँडामारीले धरानलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का पारेको हो । यो जीतसँगै फाइनल खेलको समीकरण पूरा भएको छ । अब फाईनल खेलमा डुँडामारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबसँग उपाधिको लागि माघ ९ गते प्रतिष्पर्धा गर्ने छ ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा डुँडामारी एफसीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । डुँडामारी एफसी तर्फबाट मनिष लिम्बुले ह्याट्रिक गरे । त्यसैगरी सन्जोक मगर र सुमन लिम्बुले १/१ गोल गर्दै टिमलाई विजयी बनाए । पराजित गार्डेन फुटबल क्लबले डुँडामारी एफसीका तर्फबाट सुसाइड गोल मार्फत् उपहार स्वरुप १ गोल पायो ।

खेलको ‘ म्यान अफ द म्याच’ डुँडामारी एफसीका मनिस लिम्बु घोषित भए । । उनलाई नेपाल राष्ट्रिय ढुवानी सेवाका केन्द्रीय सदस्य श्याम प्रसाईले नगद सहित ट्रफि प्रदान गरे ।

प्रतियोगिताको फाईनल खेल शिवसताक्षी धाम फुटबल क्लब र डुँडामारी फुटबल क्लब बिच दिनको १ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए ।

तुर्केनी फुटबल क्लवको आयोजनामा माघ २ गते बाट सञ्चालन भई माघ ९ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी पाउने छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।