अपराजित एपीएफ बन्यो राष्ट्रिय महिला लिग च्याम्पियन
मेरो मेचीनगर डेस्क
फाल्गुन ७, २०७७ (६ वर्ष अगाडि) • ⏱️ २ मिनेट पढाइ• 👁️ ४ पटक हेरिएको
सेयर:
सरु लिम्बु महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी
७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गरेपछि एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।
लिगमा एपीएफको नतिजा
एपीएफ ६-० चन्द्रपुर
एपीएफ ७-० विराटनगर महानगरपालिका
एपीएफ २-० आर्मी
एपीएफ ३-० पुलिस
एपीएफ ३-० वालिङ नगरपालिका
एपीएफ २२-० चौदण्डीगढी नगरपालिका
एपीएफ १४-० चौण्डीगढी नगरपालिका
एपीएफ ८-० चन्द्रपुर नगरपालिका
एपीएफ ६-० वालिङ नगरपालिका
एपीएफ २-१ पुलिस
एपीएफ १-० विराटनगर महानगरपालिका
एपीएफ ३-० आर्मी
त्यसैगरी एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् ।
कसले कति पुरस्कार पाए ?
विजेता : एपीएफ १५ लाख रुपैयाँ
उपविजेता : त्रिभुवन आर्मी क्लब ८ लाख रुपैयाँ
तेस्राे : नेपाल पुलिस क्लब ५ लाख रुपैयाँ
चाैथाे : वालिङ नगरपालिका ३ लाख रुपैयाँ
फियर प्ले अवार्ड : चन्द्रपुर नगरपालिका १ लाख ५० हजार रुपैयाँ