स्पेन नेसन्स लिग च्याम्पियन, ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ। आइतबार राती भएको फाइनलमा स्पेनले क्रोएसियालाई टाई ब्रेकरमा ५-४ गोलले हरायो।

ड्यानियल कार्भाहालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई ११ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय उपाधि दिलाए।

स्पेनले अन्तिमपटक सन् २०१२ मा युरोकप जितेको थियो। स्पेनले सन् २००८ मा युरोकप र सन् २०१० मा विश्वकप जितेको थियो।

नेसन्स लिग, युरोकप र विश्वकप तीनवटै प्रतियोगित जित्ने स्पेन केवल दोस्रो टोली बनेको छ। यसअघि यस्तो सफलता फ्रान्सले मात्र हासिल गरेको थियो।

निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाई ब्रेकरमा पुगेको थियो।

स्पेनका गोलकिपर उनाई सिमोनले ब्रुनो पेट्कोभिचको प्रहार रोक्दै जितको आधार तयार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.