व्यवसायिक करमा लगाएको जरिवाना मिनाहा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ जेठ, मेचीनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन [ प्याब्सन] कोशी प्रदेश झापाले
व्यवसायिक करमा लगाएको जरिवाना मिनाहा, पूर्वाधार करमा सहुलियतको व्यवस्था गर्नुपर्नेलगायतका ७ सुत्रीय मागसहितको अनुरोध —पत्र बुधबार मेचीनगर नगरपालिकालाई बुझाएको छ ।

मेचीनगर नगरपालिका–७ इटाभट्टास्थित पाँच तारे होटल ‘अश्वत्थ’ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कोशी प्रदेश झापाले आयोजना गरेको ‘संस्थागत विद्यालयको शैक्षिकगुणस्तर सुधार तथा व्यवस्थापनमा नगरपालिकाको उपस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन  [प्याब्सन)] झापाका अध्यक्ष छत्रबहादुर कार्कीले संस्थाकोतर्फबाट २ पृष्ठ लामो अनुरोध —पत्र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई बुझाएका हुन् ।

शिक्षा, कला तथा संस्कृति प्रवद्र्धनमा छुट्टै वजेटको व्यवस्था, पुरस्कार तथा सम्मानमा समता सुनिश्चित गर्नुपर्ने, स्थानीय पाठयक्रमको निःशुल्क वितरण तथा प्रभावकारी कार्यन्वयन, शिक्षक तालिममा विषय विशेषज्ञद्वारा सवै शिक्षकहलाई समेट्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रपति शील्ड प्रतियोगिताको व्यवस्थापन, र सेनिटरी प्याड उपलब्ध गराउनुपर्ने मागलाई अनुरोध—पत्रमा समेटिएको छ । अनुरोध— पत्रमा यी कुराको आवश्यकताका विषयमा विस्तृतरुपमा व्याख्या समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले बुधबार बसेको कार्यपालिकाको वैठकले व्यवसायिक करमा लगाएको जरिवाना मिनाहा गरे पनि पूर्वाधार करका बारेमा संस्थाका पदाधिकारीसँग पटक पटक छलफल गरिसकेको बताए ।

संस्थागत विद्यालयहरुको मात्र नभएर मेचीनगर नगरपालिका नगरभित्रका सवै शैक्षिक संस्थाहरुको शैक्षिकगुणस्तर सुधार तथा व्यवस्थापनमा लागेको स्पष्ट पारेका थिए । नगरस्तरी शिक्षा शाखासँग छलफल गरी स्थानीय पाठयक्रमको वितरण तथा प्रभावकारी कार्यन्वयनमा लाग्ने समेत नगरप्रमुख बुढाथोकीले प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीलगायतले बोलेका थिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन [प्याब्सन] झापाका अध्यक्ष छत्रबहादुर कार्कीले कार्यक्रमको अध्यक्ष्ता गदैं संस्थागत विद्यालयको शैक्षिकगुणस्तर सुधार तथा व्यवस्थापनलगायत चूनौतीहरुका विषयमा चर्चा गरेका थिए । संस्थाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको सञ्चालन गदैं जिल्लाका सवै पालिकाहरुमा यस्ता कार्यक्रम गर्ने योजना अनुसार केही पालिकाहरुमा समापन भएको जानकारी गराए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन [प्याब्सन] मेचीनगर समिति झापाका अध्यक्ष विक्रम भेटवालले शब्दमार्फत सहभागी सवैमा स्वागत गरेका थिए ।

 

कार्यक्रममा विशिष्ट अतिथि नगरपालिका नगर उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, राजस्व शाखाका प्रमुख प्रेम प्रसाद पराजुली, प्याब्सनका सदस्य विद्यालयका प्रमुख प्रतिनिधिहरुसहित शिक्षासेवीहरुको सहभागिता रेको थियो ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.