कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

A notice in Nepali from Mechinagar Ward No. 10

२९ भदौ, मेचीनगर :  अमेरिकामाथि नेपालले सहज जित निकालेको छ। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत सम्पन्न पहिलो एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो।

अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो। नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको पारी खेले।

१४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र बिनोद भण्डारीको जोडीले जित नजिक डोर्याइयो। दुवैजनाले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे।

बिनोदले ४८ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३७ रनको योगदान दिँदा रोहितले अविजित ६२ रनको योगदान दिनुभयो। उनले ८७ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाउनुभयो। रोहितले ४७ औं ओभरको दोस्रो बलमा छक्का लगाउँदै आफ्नो अर्धशतक पुरा गरे। ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गर्न पुग्यो। आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किए। अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेले। उनले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आफ्नो पहिलो अर्धशतक लगाए।

कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किदा नेपाली पारी दबाब आएको थियो। कप्तान मल्ल पेभेलियन फर्केपछि चौथो नम्बरमा रोहित पौडेल ब्याटिङ गर्न आउनुभयो। तर कुशल भुर्तेलले रोहित र रोहितले बिनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दा नेपालको जित सुनिश्चित भयो।कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे।

त्यसअघि, ओमानको अल इमारात क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो। अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो। उहाँले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय रनको योगदान दिए।

नेपालको प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहे। उनले नौ ओभरमा ४४ रन खर्चिए। बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट लिए। कुशल मल्लले एक विकेट लिए। नेपालले दोस्रो खेलमा ओमानको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.