नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा हुने भनिएको खेल अनिश्चित

A notice in Nepali from Mechinagar Ward No. 10

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरण अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा हुने भनिएको खेल अनिश्चित बनेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत फागुन ७ मा छनोटको खेल तालिका परिमार्जन गर्दै नेपाल र अस्ट्रेलियाबीचको खेल दशरथ रंगशालामा आगामी मार्च ३० (चैत १७) गते गर्ने निर्णय गरेको थियो।

तर एएफसीले मंगलबार फेरि जारी गरेको नयाँ खेल तालिकामा नेपाल र अस्ट्रेलियाबीच खेलको विषयमा केही उल्लेख गरेको छैन। एएफसीले मार्चमा तीन वटा मात्र खेल गर्ने उल्लेख गरेको छ।

कोरोनाका कारण प्रभावित बनिरहेको विश्वकप छनोटका खेलहरू होम एन्ड अवे नगरी एउटै भेन्यूमा गर्नका लागि एफएफसीले तयारी गरेपछि नेपाल र अस्ट्रेलियाबीचको खेल पनि अनिश्चित बनेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार एक समूहका खेल एउटै देशमा गर्नका लागि एएफसीले सल्लाह गरिरहेको छ। जसमा समूह ‘बी’ को खेल आयोजना गर्नका लागि अस्ट्रेलिया, जोर्डन र नेपालले दाबी प्रस्तुत गरेका छन्।

पूर्वाधार र सुरक्षाका कारणले नेपालले समूह सबै खेल आयोजनाको जिम्मा पाउने सम्भावना कम छ। आयोजनाको दाबी गरेका तीनै देशमा खेल नुहने अवस्था आए न्यूट्रल भेन्यूमा खेल हुनेछ।

एएफसीले नयाँ निर्णय गरे अब नेपालले बाँकी रहेका आफ्ना तीन वटै खेल सेन्ट्रल भेन्यूमा खेल्नु पर्नेछ। यसअघि यी खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो।

अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स जोनसनले पनि नेपाल र अस्ट्रेलियाबीचको खेल अन्योलमा परेको पुष्टि गरेका छन्।

जोनसनले सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै सबै देशलाई पायक पर्ने स्थानमा खेल गराउन एएफसी र फिफासहित समूह ‘बी’ मा रहेका देशका फुटबल संघसँग कुराकानी भइरहेको बताएका छन्।

एन्फा स्रोतका अनुसार छनोटका खेल औपचारिक रुपमा स्थगित भने गरिएको छैन। एएफसीले खेल स्थगित नगरेको अवस्थामा अस्ट्रेलियन टिम आगामी मार्च २५ मा नेपाल आइपुग्नेछ।

छनोटमा नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। तीनै खेल नेपालको घरेलु मैदानमा हुने तय छ।

छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ।

‍नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.