१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा, कानुन निर्माण ठप्प

बजेट विवाद र सत्ता समीकरणको खेलले सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ भने लामो समयदेखि विधेयकहरू संसदीय समितिमै थन्किएका छन्।

सेयर:

बजेट विवाद र सत्ता समीकरणको खेलले सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ भने लामो समयदेखि विधेयकहरू संसदीय समितिमै थन्किएका छन्।

📌 मुख्य बुँदाहरू:

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक नियमित हुन नसक्दा कानुन निर्माणको काम ठप्प बनेको छ।
  • चालु आर्थिक वर्षको बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच चर्को विवाद कायम छ।
  • मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गर्दै कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक तुरुन्त सञ्चालन गर्न माग गरेको छ।

धनगढी, कात्तिक २० गते । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने तथा नीति निर्धारण र कानुन निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी जस्तै बनेको छ । चालु आर्थिक वर्षको बजेट विवादका साथै सरकारले प्रदेश सभालाई चलायमान बनाउन नसकेका कारण पछिल्लो समय सभाको बैठक नियमित हुन सकेको छैन ।

एक महिनाको अन्तरालमा बसिरहेको प्रदेश सभा बैठक ऐन तथा कानुन निर्माणभन्दा पनि सत्ता गिराउने र टिकाउने खेलमै केन्द्रित देखिएको छ । सरकारले नयाँ ऐन, कानुन बनाउन सकेको छैन भने डेढ वर्षपहिले प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू पनि लामो समयदेखि विचाराधीन अवस्थामा संसदीय समितिमै थन्किएका छन् ।

बजेट विवाद र सत्ता समीकरणको खेल

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट असफल भएपछि गठित नयाँ सरकारले असोजमा ल्याएको बजेट पनि विवादित बन्न पुगेको छ । बजेटप्रति सत्तापक्षकै चर्को आपत्ति रहेको छ भने पारिएत भइसकेको बजेटमाथिका कमीकमजोरी छानबिन गर्न सात सदस्यीय समिति गठन गरी सरकारले कार्य अगाडि बढाइरहेको छ ।

विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले बजेटकै कारण अहिलेको प्रदेश सरकार अलमलमा परेको र चलायमान बन्न नसकेको बताएका छन् । बजेट विवादलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश संसदीय दलले मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गरिसकेको छ । दलको बैठकले छिट्टै प्रदेश सभा सञ्चालन गर्नुपर्ने निर्णय गर्दै सभामुखको ध्यानाकर्षण समेत गराएको छ ।

कानुन निर्माणमा देखिएको उदासीनता

विगतका सरकारले बनाएका ऐन आवश्यकताअनुसार संशोधन गरेर कार्यान्वयन गर्नुका साथै आवश्यक नयाँ कानुन बनाउने कार्य गर्नुपर्नेमा सरकारको ध्यान नपुगेको सांसदहरूको गुनासो छ । प्रदेश सभा सदस्य रमेशसिंह धामीले दोस्रो प्रदेश सभाको कार्यकाल अन्तिमतिर पुग्दै गर्दा कानुन निर्माणजस्ता उल्लेखनीय कार्य हुन नसकेको बताएका छन् । प्रदेशमा बजेटकै कारण धेरै पटक सरकार फेरबदल भइसकेको छ ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
📄 विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
📄 विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
📄 विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।