Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह सूचना / प्रविधि

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने, नांगाे आँखाले हेर्न मिल्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 13, 2020
  • 6:50 PM
  • No Comments
भित्र सूचना / प्रविधि
196 2
A A
Share on FacebookShare on Twitter

काठमाडौँ — यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए ।

सौर्य मण्डल परिवारको चौथो ग्रह मंगल हरेक दुई वर्षमा पृथ्वी नजिकै आइपुग्छ । मंगल र पृथ्वीको औसत दुरी २ सय २५ मिलियन किलोमिटर हो तर यी दुई ग्रहबीचको दूरी हरेक दुई वर्षमा ५४.६ मिलियन किलोमिटरसम्म नजिक हुन्छ । यही मौका छोपेर मंगल ग्रह मिसनका लागि यानहरु प्रक्षेपण हुँदै आएका छन् ।

मंगल र पृथ्वीले अण्डाकारमा सूर्यको परिक्रमा गर्ने भएकाले यी दुईबीचको दूरी फरक भइरहन्छ । दूरीलाई नै आधारमा मानेर मंगल मिसनको टुंगो लगाइन्छ । दूरी कम हुँदा कम इन्धन प्रयोग हुने र ग्रह पनि ठूलो अनि चम्किलो देखिने भएकाले यो समय छनोट गरिने त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख एवं खगोलशास्त्री प्रा.डा विनिल अर्याल बताउँछन् । यस वर्ष रुसको पनि मंगल मिसन थियो तर प्राविधिक कारणले प्रक्षेपण हुन सकेन । अब उसले सन् २०२२ मा मात्रै प्रक्षेपण गर्नेछ ।

सन् २००३ मा मंगल र पृथ्वीबीचको दूरी ५५.७६ मिलियन किलोमिटर थियो । उक्त दूरी ६० हजार वर्षपछिको सबैभन्दा नजिक हो । सोही दूरी सन् २२८७ को अगस्ट २८ मा हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । सन् २०२० मा मंगल र पृथ्वी अक्टोबर ६ मा सबैभन्दा नजिक देखिए । यी दुईबीचको दूरी ६२.०७ मिलियन किलोमिटर थियो । यो दूरी अब सन् २०३५ मा मात्रै हुने नासाले जनाएको छ ।

मंगलबार (अक्टोबर १३)मा पृथ्वी र मंगल ग्रह आमनेसामाने देखिदैछन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् ।

मंगल ग्रहको एक वर्ष भनेको पृथ्वीको ६८७ दिन हो । सूर्यलाई परिक्रमा गर्ने क्रममा हरेक २६ महिनामा यिनीहरुबीचको दूरी कम हुँदा आमनेसामने हुने अर्यालले बताए । मंगल ग्रहको सतह, वायुमण्डल, पहाड तथा यसको भू–वनावटको कारणले धेरै नै प्रकाश परावर्तन गर्ने भएकाले यो चम्किलो देखिन्छ । पृथ्वी नजिक आउँदा यसलाई नांगो आँखाले नै हेर्न सकिने अर्यालले बताए ।

पछिल्लो समय टेलिस्कोपबाट चन्द्रमा तथा ताराहरु हेर्न क्रम बढ्दो छ । यस्तो अवस्थामा ग्रहलाई नांगो आँखाले हेर्दा यसको महत्व बेग्लै हुने प्राध्यापक अर्यालको भनाइ छ । ‘बालबालिकाहरु अन्तरिक्षसम्बन्धी जानकारीका लागि धेरै नै इच्छुक हुन्छन् । मंगल ग्रहबारे उनीहरुको झन् चासो छ,’ प्राध्यापक अर्यालले भने, ‘आज मंगल ग्रह धेरै चम्किलो देखिने भएकाले उनीहरुलाई नांगो आँखाले हेर्न प्रेरित गराउन सकिन्छ ।’

पृथ्वी र मंगल ग्रह आमनेसामने हुँदा सर्वसाधरण तथा अन्तरिक्ष कार्यक्रमहरु नभएको मुलुकलाई खासै महत्व राख्दैन । मंगल मिसन र अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई भने यसले ठूलो महत्व राख्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराई बताउँछन् । ‘आज राति आकाशमा सबैभन्दा धेरै चम्किलो देखिने वस्तु नै मंगल ग्रह हो,’ उनले भने, ‘जसरी पूर्णिमाको बेला सूर्य अस्ताउने बित्तिकै चन्द्रमा देखिन्छ त्यसरी नै अपोजिसन (आमनेसामने) हुँदा मंगल ग्रह पनि त्यसरी नै चम्किलो देखिन्छ । ’

मंगलबार राति ११ बजेर २० मिनेटमा मंगल ग्रह अधिकतम् चम्किलो देखिने प्राध्यापक अर्यालले बताए । टेलिस्कोपबाट अरु बेला पनि देखिने भएकाले उनले सकेसम्म २/३ मिनेटसम्म नांगो आँखाले नै यो ग्रहलाई हेर्न सुझाएका छन् । नांगो आँखाले नै मंगल ग्रहको रंग, यसका पहाड तथा वायुमण्डलहरु देख्न सकिने उनले बताए ।

‘सकेसम्म आफैं समय दिएर यसलाई हेर्न सकिन्छ,’ प्राध्यापक अर्यालले कन्तिपुरसित भने, ‘दुई वर्षअघि र अहिले यसलाई हेर्दा के–के देखियो, के परिवर्तन देखियो भन्ने नांगो आँखाले हेर्दा थाहा पाइने तथा अनुभव लिन सकिन्छ ।’

यस्तो छ मंगल ग्रह:

सौर्य मण्डलको चौथो ग्रह मंगललाई रातो ग्रह पनि भनिन्छ । यहाँ फलाम धेरै पाइन्छन् । अक्सिडाइज भएर खिया बन्दा यसको माटो र वायुमण्डल दुवै रातो जस्तो देखिएको वैज्ञानिकहरु बताउँछन् । त्यही भएर यसलाई रातो ग्रह भनिएको अध्यक्ष भट्टराईले बताए । मंगल ग्रह पृथ्वीभन्दा ५३ प्रतिशतले सानो छ ।

फोबस र पोइमोस नाम गरेका दुई वटा चन्द्रमा रहेको मंगल ग्रहको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा धेरै छ । पृथ्वीमा सय केजी तौल भएको वस्तु मंगल ग्रहमा करिब ४० केजी हुन्छ । यसको कारण भनेको मंगल र पृथ्वीबीचको गुरुत्व बलको फरक रहेको भट्टराईले सुनाए । मंगल ग्रहको वायुमण्डल अर्बौं वर्षअघि बाक्लो रहेको नासाले बताउँदै आएको छ ।

मंगल ग्रह हाम्रो सौर्य मण्डलको सबैभन्दा धेरै अनुसन्धान भइरहेको ग्रह पनि हो । हाल नासाको मात्रै ३ वटा अन्तरिक्ष यानहरु यसको कक्षमा छन् भने ल्यान्डर र रोभर सतहमा अध्ययन गरिरहेका छन् । भारत र युरोपियन स्पेस एजेन्सीको यानहरु पनि मंगल ग्रहको कक्षमा रहेर यस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । हाल मंगल ग्रहमा जीवनको सम्भाव्यताबारे अनुसन्धानहरु भइरहेका छन् ।

नासाले यस वर्ष प्रक्षेपण गरेको पर्सिभरेन्स रोभर २०२१ को फेब्रुअरी १८ मा मंगल ग्रहमा अवतरण हुँदैछ । यो रोभरले मंगल ग्रहको प्राचीन इतिहासको अनुसन्धान मात्रै नभएर मानव बस्न सक्ने सम्भाव्यताको समेत अध्ययन गर्ने बताइएको छ । नासाको यो मिसनमा ‘इन्ज्युनिटी’ नामक हेलिकप्टर मंगल ग्रहको सतहमा उडाइदैछ । यसले पनि त्यहाँको वातावरण तथा सतहको अध्ययन गर्ने नासाले जनाएको छ ।

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन
पर्यटन / भ्रमण

नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन

January 23, 2023
दुर्घटना / विपद्

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइर्भट

January 20, 2023
नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण
दुर्घटना / विपद्

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

January 20, 2023
सहमतिपछि ‘क्याबिन क्रु’को आन्दोलन स्थगित : नेपाल एयरलाइन्सको रोकिएका उडान खुल्यो
अर्थ / वाणिज्य

भद्रपुर ताप्लेजुङ्ग थप उडान हुने

January 18, 2023
विदेशी नागरिक र चालक दलका सदस्यको शव ल्याउन सेनाको हेलिकोप्टर पोखरामा
दुर्घटना / विपद्

पोखरा जहाज दुर्घटना: फेला परेनन् तीन जना, भोलि फेरि खोजिने

January 16, 2023
काठमाडाैं उडेकाे यतीकाे जहाज खराबीपछि पाेखरा फर्काइयाे
दुर्घटना / विपद्

यतीको दुर्घटना लगत्तै नेपालका सबै एटीआर जहाजको परीक्षण, भेटिएन त्रुटि

January 16, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

बुद्ध एयर ‘उडाउन’ तयार हुँदैछिन् दोस्रो पुस्ताकी आस्था

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In