एनसेलका शर्ट कोड परिवर्तन, यस्ता छन् नयाँ नम्बर

A notice in Nepali from Mechinagar Ward No. 10

९ मंसिर, काठमाडौँ : निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकट कोड परिवर्तन गरेको छ । पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कको शर्टकट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ । गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्ट कोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

पुरानो कोडनयाँ कोडसेवा
९००१७२०१सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००५१७२०२सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००७१७२०३पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००८१७२०४वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि
९५९५१७२०५इन्टरनेट सेवाको लागि
९००६१७२०६रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि
९९६६१७२०७आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि
९८९११७२०८रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि
७८९९१७२०९ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि
९८९३१७२१०ग्राहकको सर्वेक्षण गर्नको लागि

– टेकपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.