विपद् व्यवस्थापनमा स्मार्ट-पालिका

काठमाडौँ | कोरोना भाइरसको उच्च जोखिम रहिरहेको अवस्थामा भारत तथा अन्य देशबाट स्वदेश फर्किने नेपाली नागरिकको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई कम गर्न स्मार्ट-पालिकाले विपद् व्यवस्थापन प्रणालीको सुरुआत गरेको छ।

देशका ७० भन्दा बढी स्थानीय सरकारलाई प्रविधिमैत्री कोभिड-१९ व्यवस्थापन प्रणाली स्मार्टपालिकाले नि:शुल्क हस्तान्तरण गरेको छ।

लामो समयको अध्ययन, अनुसन्धान तथा खोजपश्चात् स्मार्टपालिकाले स्वचालित माइग्रेसन, होम क्वारेन्टाइन तथा सीप व्यवस्थापन प्रणाली सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी उप-महानगरपालिकामा सुरुवात गर्ने भएको हो । माहामारीको ख्याल गर्दै कोभिडको प्रभाव न्यून गर्दै जनस्वास्थ्यलाई अनुकूल गराउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल भित्र्याउँदा उच्च जोखिम हुने हुँदा रोगी तथा स्वस्थ व्यक्तिलाई सचेत गराउने उद्देश्य स्वरुप यो विपद व्यवस्थापन प्रणाली लागू गरिएको मेयर नृप वडले जानकारी दिए ।

हाल, ‘यूएनडीपी एसिलेटर ल्याब्स’ नेपालको प्राविधिक संलग्नतामा धनगढी उप-महानगरपालिकाको उक्त प्रणालीमा रोजगार क्षति मापन तथा अवसर सृजना गर्ने उद्देश्यले ‘माइग्रेन्ट स्कि्स म्यापिङ मोड्युल’को प्रयोग हुने भएको छ।

स्मार्ट-पालिकाले विगत लामो समयदेखि स्थानीय सरकारलाई सूचनाप्रविधिमैत्री नगर र जनतालाई प्रविधिमा सचेत गराउँदै विभिन्न प्रणालीको विकास गर्दै आएको छ। धनगढी उप-महानगरपालिकाले जस्तै देशभरिका स्थानीय सरकारले स्वचालित प्रणाली प्रयोग गरेमा रोगको जोखिम न्यूनीकरण हुने र स्वचालित प्रविधिले नै धेरै काम गरिदिने हुँदा व्यवस्थापनमा सरलता आउने स्मार्ट-पालिकाका प्रमुख कार्यकारी मनोज भट्टराई बताउँछन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.