दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो । यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कंग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ ।
पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहरुलाई पनि हुवावेका प्रविधि खरिद नगर्न दबाब दिइरहेको छ । गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले युरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिएका थिए । विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावे मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेमाथि संकट देखिएको छ ।