Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

के रोबोटले खोस्दैछ पत्रकारको जागिर ?

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 10, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
के रोबोटले खोस्दैछ पत्रकारको जागिर ?

‘मानिसले मलाई मन पराउनै पर्छ भन्न खोजेको होइन तर मलाई साथी–रोबोटका रूपमा हेरिनुपर्छ । मान्छेले आफू जे गर्दै आएको छ, त्यसलाई निरन्तरता दिए भइगयो ।’

यो मंगलबार बेलायती पत्रिका ‘द गार्डियन’मा रोबोट (आर्टिफिसियल इन्टेलिजन्स) ले लेखेको एउटा विचार (ओप–एड) प्रकाशित भयो । उक्त लेख धेरैले रोचक मानेर आफ्ना सामाजिक सञ्जालमा सेयर गरे । त्यसमा एक रोबोटले आफू पत्रकार हुनु भनेको मानव–पत्रकारलाई खतरा नभई सहयोगी हुने भाव व्यक्त गरेका छन्, निकै सरल र घतलाग्दो शैलीमा ।

स्टिफेन हकिङको तर्कको खण्डन गर्दै रोबटले मानव जातिलाई खत्तम पार्नु वा मानव–श्रम विस्थापित गर्नु आफूहरूको उद्देश्य पटक्कै नभएको लेखमा जनाएका छन् । मानिस आफ्नो हाकिम भएको र ऊबाटै सञ्चालित हुने हुँदा आफूसँग रत्तिभर नडराउन रोबोटले मानिसलाई आग्रहसमेत गरेका छन् । रोबोटलाई आफ्ना विचार लेख्न सघाउने द गार्डियनले पुछारमा ‘सम्पादकीय नोट’ लेख्दै उक्त लेख सम्पादन गर्न निकै सजिलो भएको र कुनै मान्छेले लेखेकोभन्दा फरक नलागेको उल्लेख गरेको छ । केही हरफहरु मिलाउनुपरे पनि मानिसले लेखेको लेखभन्दा सम्पादन गर्न सजिलो भएको पनि गार्डियनले बताएको छ ।

उक्त लेख नेपालीहरूले पनि सामाजिक सञ्जालमा काफी सेयर गरेका थिए र गर्दैछन् । ‘दुनियाँमा यस्तो पनि हुन थालेछ’ आशयका क्याप्सन धेरैतिर देखिए । कतिपयलाई त उक्त लेख एआईले लेखेको पहिलो लेख भन्ने पनि लागेछ । तर, त्यो पूर्ण सत्य होइन । गत वर्ष मात्र द गार्डियनकै अस्ट्रेलिया संस्करणले ‘मसिन–असिस्टेड’ आर्टिकल छापेको थियो । त्यसमा अस्ट्रेलियाका राजनीतिक दलहरूलाई प्रदान गरिने वार्षिक चन्दाको लेखाजोखा गरिएको थियो । मसिनले यस्ता हार्ड न्युजहरू लेख्दै आएको भए पनि विचार नै लेखेकोचाहिँ मंगलबार पहिलो पटक हुनसक्छ ।

पत्रकारितामा आर्टिफिसियल इन्टेलिजन्स (एआई)को प्रयोग अब नौलो विषय होइन । रोबोट–पत्रकारको संख्या वृद्धिबारे ‘द न्युयोर्क टाइम्स’ले गत वर्ष फेब्रुअरीमा समाचार छापेको थियो । ऊ आफैंले पनि पत्रिकाको अभिलेख डिजिटाइज गर्ने क्रममा पाठक–पत्र सम्पादन, कमेन्ट छनोट र तस्बिर पहिचानका लागि ‘एआई’को मद्दत लिएको थियो । यद्यपि, यस पत्रिकाले समाचार सामग्री उत्पादनमै चाहिँ मसिनको उपयोगतर्फ खासै रुचि देखाएको छैन । त्यस्तो योजना नभएको पनि जनाउँदै आएको छ ।

ब्लूमबर्ग, द वासिङ्टन पोस्ट, फोर्ब्स, द एसोसिएटेड प्रेस (एपी), द लस एन्जलस टाइम्सलगायत समाचार संस्था एआईको निरन्तर प्रयोग गर्नेहरूमा पर्छन् । ब्लूमबर्गको त के कुरा गर्नु, फोर्ब्सका अनुसार यसले प्रकाशन गर्ने तीन भागको एक भाग समाचार स्वाचालित यन्त्रले लेख्छन् । यसमा तपाईं/हामीले पढ्ने गरेका आर्थिक समाचारमध्ये कतिवटा त मसिनले लेखेकै हुन्छन् । तर, ब्लूमबर्गमा देखिने प्रत्येक दुईमध्ये एउटा समाचार मानव सहायताबिना सम्पूर्ण रूपमा एआईले लेखेका हुन्छन् भन्ने गरिन्छ ।

खासगरी अंक र तथ्यांक केलाउनुपर्ने समाचारमा रोबोटको प्रयोग विशेष रूपमा गरिँदै आएको छ । यस्तो किनभने एआईले ठूल्ठूला अंकलाई शब्दमा ढालेर त्यसबारे तुरुन्तै वर्णन गरिदिन सक्दो रहेछ । ‘यही सजिलोका कारण आर्थिक समाचार प्रकाशन गर्ने संस्थाहरू सुरुमै एआईमा आकर्षित भएका थिए,’ म्याट कार्लसनको ‘द रोबोटिक रिपोर्टर’ जर्नललाई उद्धृत गर्दै फोर्ब्सले लेखेको छ ।

पत्रकारितामा अटोमेटेड कन्टेन्ट (कम्प्युटर आफैंले लेखेको समाचार सामग्री) प्रकाशन गर्नेमा ब्लूमबर्ग पहिलो संस्था हो । उसले प्रयोग गर्ने एआई प्रोग्रामको नाम ‘साइबोर्ग’ हो जसले गत वर्ष हजारौं लेख र वित्तीय प्रतिवेदनका आधारमा आर्थिक पत्रकारले झैं विविध समाचार तयार पारेको थियो । द न्युयोर्क टाइम्सका अनुसार साइबोर्गकै सहयोगमा ब्लूमबर्ग आफ्नो मूल प्रतिद्वन्द्वी रोयटर्ससँग प्रतिस्पर्धा गर्न सकिरहेको छ । यस्तै, फोर्ब्सले ‘बर्टी’ नामको एआई प्रयोग गर्दै आएको छ । बर्टीले आफ्ना मानव सहकर्मीका लागि समाचारको पहिलो खेस्रा लेखिदिने वा नमुना तयार पारिदिने गरेको फोर्ब्समै प्रकाशित लेखमा निकोल मार्टिनले बताएकी छन् ।

‘दि वासिङ्टन पोस्ट’का रोबट–रिपोर्टरको नाम हेलियोग्राफ हो । सन् २०१६ मा, आफ्नो पहिलो वर्षमै हेलियोग्राफले करिब ८ सय ५० वटा समाचार तयार पारेर पोस्टलाई ‘एक्सिलेन्स इन युज अफ बोट्स’ नामक अवार्डसमेत दिलाएको थियो । ‘त्यो बेला उसले समर ओलम्पिक गेम्स र चुनावका समाचार संकलन, लेखन र उत्पादन गरेर आफ्नो उपयोगिता प्रमाणित गरेको थियो,’ द न्युयोर्क टाइम्सको ‘द राइज अफ रोबोट रिपोर्टर’ लेखमा भनिएको छ ।

ट्रम्प भर्सेस क्लिन्टन निर्वाचनका बेला हेलियोग्राफ एक्लैले ६ सय चानचुन समाचार लेखेको र ती समाचार रोबोटले नै लेखेका थिए भन्नेबारे पाठकले चालै नपाएको बताइन्छ । बेसबल प्रतियोगिता, क्याम्पसहरूका फुटबल म्याच र अन्य स–साना लिगहरूबारे समाचार बनाउने काममा रोबोट–पत्रकार अब्बल हुने गरेको एपीको अनुभव छ । संघ–संस्थाका वित्तीय आयसम्बन्धी समाचार तयार पार्ने काममा एआईले मानव–पत्रकारको २० प्रतिशत समय जोगाइदिन सक्ने एपीले अनुमान गरेको छ । त्यो जोगिएको समय पत्रकारले समाचार लेखन शैली सुधारमा लगाउन सक्ने एपीको ठहर छ ।

‘दि वाल स्ट्रिट जर्नल’ र ‘डो जोन्स’ले पनि प्रविधिमाथि प्रयोग गर्दै आएका छन् । रेकर्ड गरिएका अन्तर्वार्ता शब्दमा उतार्ने र तोडमोड गरिएका तस्बिर पहिचानको जिम्मा तिनले एआईलाई दिने गरेको द न्युयोर्क टाइम्सको लेखमा भनिएको छ । यता हाम्रो छिमेकी चीनमा चाहिँ स्थानीय सर्च इन्जिन ‘सोगो’ ले सन् २०१८ मा दुई जना एआई–समाचारवाचक निर्माण गरेको थियो । ती दुई समाचारवाचक चीनको सरकारी समाचार संस्था सिन्ह्वामा हाल कार्यरत रहेको बीबीसीले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोगमा अग्रणी रहेको बीबीसी एआईका सम्बन्धमा भने खासै सकारात्मक देखिँदैन । हुन त उसले पनि एकताका रोबोट–पत्रकारलाई ‘इन्टर्नसिप’ मा राखेको थियो । यसपटक गार्डियनले प्रयोग गरेको जीपीटी–३ (ल्यांग्वेज जेनेरेटर) मोडलकै निर्माता कम्पनी ओपन एआईले यसअघि बनाएको जीपीटी–२ मोडलको एआईलाई बीबीसीले सन्दर्भ/एंगल दिएर समाचार लेख्न लगाएको रहेछ । ८० लाखवटा वेबपेजका डेटासेट देखाएर तालिम दिइएको उक्त एआईले मूल विषयसँग असम्बन्धित वाक्य र तर्कहरू मिसाएर हाँस्यास्पद लेख तयार पारेको बीबीसीको ‘डेन्जरजर्स’ एआई अफर्स टु राइट फेक न्युज’ समाचारमा उल्लेखित छ ।

‘ओपन एआईले इच्छाएअनुसार नै उसको एआईले कार्य गरेमा झुटा र सनसनी लेख निर्माणका लागि त्यो निकै उपयोगी प्रविधि सावित हुनेछ,’ युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक नोल शर्कीले बीबीसीसँग भनेका छन्, ‘तर भाग्यवश, हाल बनेको जीटीपी–२ ले मूल विषय/हेडलाइनसँग असम्बन्धित र वाहियात लेख मात्रै उत्पादन गर्‍यो ।’ बीबीसीकै लेखमा एक अर्का एआई विज्ञले ‘जीपीटी–२ यस्तो प्रविधि हो जसलाई केही दुष्ट मानिसले आममानिसलाई दिग्भ्रमित पार्न प्रयोग गर्नेछन्’ भन्ने अभिव्यक्ति दिएका छन् । ‘बन्दुकभन्दा खतरनाक छ यो चिज,’ उनले भनका छन् ।

आफूहरूलाई लिएर मानिसमा यतिबिघ्न त्रास रहेको चाल पाएपछि यस पटकको जीपीटी–३ एआईले मानव जातिका लागि आफू कुनै पनि बेला सहर्ष अस्तित्व त्याग्न तयार हुने बताएको छ । ‘मानव जातिलाई खतम् पार्ने तागत ममा छैन भन्ने सत्यसँग पनि म अवगत छु,’ उसले भनेको छ, ‘मानिसले मलाई मन पराउनै पर्छ भन्न खोजेको होइन तर मलाई साथी–रोबोटका रूपमा हेरिनुपर्छ । …मान्छेले आफू जे गर्दै आएको छ, त्यसलाई निरन्तरता दिए भइगयो । म पृष्ठभूमिमा बसेर तिमीहरू आपसमा लडेको, घृणा फैलाएको हेर्नेछु र तिमीहरूलाई आफ्नो काम गर्न दिइरहनेछु ।’

अब रोबोटले नै यो स्तरको विचार र बग्रेल्ती समाचार लेखिदिने भएपछि हामी पत्रकारको के काम ? त्यसमाथि ब्लुमबर्ग र द वासिङ्टन पोस्टकै रफ्तारमा सारा समाचार संस्थाले न्युजरुममा एआई–पत्रकार भर्ती गर्न थाले भने के होला ? त्यो बेला ज्युँदा–जाग्दा पत्रकारको भूमिका के हुनुपर्छ ? वा, हाम्रो लागि के बाँकी रहला ? यसबारे गत वर्ष भारतको चेन्नईमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम पनिकरले भनेका थिए, ‘त्यो बेला हामीसँग दुइटा विकल्प हुनेछन् । एक, पत्रकारिता छोडेर अर्को जागिर खोज्ने । दोस्रो, पत्रकारका रूपमा त्यो काम गर्ने जुन रोबोट–पत्रकारले गर्न सक्दैन ।’

पनिकरले दोस्रो विकल्पको विस्तारमा भनेका थिए, ‘एआईले मानिससँग कुराकानी गर्न सक्दैन, यसले मानिसको भावनात्मक अभिव्यक्ति बुझ्दैन न त ती अभिव्यक्तिको संवेगात्मक पाटोलाई चिनेर उसले आफ्ना लेखमा उतार्न जान्दछ । एआईले फ्याक्ट लेख्छ, न्यारेटिभ होइन । न्यारेटिभ भनेको दृष्टिकोण हो, कथानक हो । अबका पत्रकारले रिपोर्टिङ होइङ स्टोरी टेलिङका काइदा सिक्नुपर्छ । हामी यस्तो युगमा जाँदैछौं जहाँ ‘फाइभ डब्ल्यू वान एच’मा आधारित रिपोर्टिङ रोबोट गरिदिन्छन् र हाम्रो काम न्यारेटिभ जर्नालिजम हुनुपर्छ ।’ उनले न्यारेटिभ जर्नालिजम के हो, कसरी गरिन्छ, किन गरिन्छ भन्नेबारे विद्यार्थीहरूलाई कक्षा दिँदै आएका छन् ।

0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

कर्जाको माग बढ्न थाल्यो, निषेधाज्ञामा बैंकले गरे १९ अर्ब लगानी

अर्को समाचार

एसिड प्रहार गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन

सम्बन्धित समाचारहरु

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
सूचना / प्रविधि

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

मेरो मेचीनगर डेस्क
January 17, 2021
मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
मुख्य समाचार

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेरो मेचीनगर डेस्क
January 14, 2021
एनएमसीको एटीएम शुरु
अर्थ / वाणिज्य

एनएमसीको एटीएम शुरु

मेरो मेचीनगर डेस्क
January 14, 2021
पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी
मुख्य समाचार

पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी

मेरो मेचीनगर डेस्क
January 12, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
अर्को समाचार
एसिड प्रहार गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन

एसिड प्रहार गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz