Wednesday, January 20, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

स्मार्टफोनमा आकर्षक फोटो खिच्न उपयोगी ८ क्यामेरा मोड

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 13, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
50
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
स्मार्टफोनमा आकर्षक फोटो खिच्न उपयोगी ८ क्यामेरा मोड

अहिलेको समयमा सबैको हात हातमा स्मार्टफोन पुगेको छ । जतिखेर जहाँ जाँदा पनि स्मार्टफोन साथमै हुनेभएपछि फोटो पनि यसैबाट खिच्ने कुरा भइ नै हाल्छ ।

राम्रो फोटोको लागि तपाईंसँग प्रोफेसनल क्यामेरा नै हुनुपर्छ भन्ने पनि छैन । स्मार्टफोनकै क्यामेराबाट पनि प्रोफेसनल स्तरको फोटोग्राफी गर्न सकिन्छ । तर यसका लागि क्यामेराको फिचर र प्रविधिको बारेमा जानकारी भने आवश्यक पर्दछ ।

आज हामी तपाईंलाई यस्ता क्यामेरा मोडको बारेमा बताउँदै छौं, जसको सहयोगमा तपाईं परिवेश अनुसारको सही मोडमा चयन गरी राम्रो फोटो खिच्न सक्नुहुनेछ ।


एचडीआर मोड

आजकलका सस्ता स्मार्टफोनमा समेत एचडीआर मोड फिचर तपाईंले पाउन सक्नुहुन्छ । एचडीआरको पुरा रुप हाई डाइनामिक रेञ्ज हो ।

यसको सहयोगमा तपाईंले फोटोलाई अझ राम्रो बनाउन सक्नुहुन्छ । जब तपाईं एचडीआर मोडबाट फोटो खिच्नुहुन्छ, क्यामेराले एकसाथ कयौं फोटोहरु कैद गरिरहेको हुन्छ ।

जसमा सबै फोटोहरु फरक फरक एक्सपोजरमा खिचिएका हुन्छन् । सफ्टवेयरको सहयोगमा स्मार्टफोनको क्यामेराले ती सबै तस्वीरलाई मिलाएर एक राम्रो कलर र कन्ट्रास्ट भएको फोटो तयार पार्दछ ।


पानोरमा मोड

यदि तपाईंलाईं धेरै फराकिलो क्षेत्र अथवा निकै अग्लो दृश्य फोटोमा कैद गर्न चाहनुहुन्छ भने यो मोडको सहारा लिन सक्नुहुन्छ । यदि तपाईंको फोनमा पानोरमा मोड छैन भने गुगल प्लेस्टोरबाट यसका लागि छुट्टै एप डाउनलोड गर्न पनि सक्नुहुन्छ ।

जब तपाईं क्यामेरामा पानोरमा मोड छनौट गर्नुहुन्छ, स्क्रिनमा एक बक्स देख्नुहुनेछ । जसमा चारैतिर एरो हुन्छ ।

त्यसमा तल दिइएको बटनलाई दबाएर राख्नुहोस् र कैद गर्न चाहेको दिशातर्फ विस्तारै स्मार्टफोनको क्यामेरा घुमाउँदै जानुहोस् । यसो गर्दा क्यामेराले आफैं एक एक गर्दै फोटोहरु खिच्दै जान्छ र अन्तिममा एउटै ठूलो फोटो तयार पारिदिन्छ ।


पोट्रेट मोड

स्मार्टफोनको क्यामेरामा कुनै निश्चित अब्जेक्ट (फोटोमा कैद गरिने चिज, वस्तु वा व्यक्ति) लाई हाइलाइट गर्नका लागि अचेल पट्रेट मोड अर्थात बोके मोडको निकै प्रयोग हुन थालेको छ । तपाईंले पक्कै पनि ब्याकग्राउण्ड ब्लर अर्थात धुमिल पारिएका आकर्षक फोटोहरु सामाजिक सञ्जालमा देख्नु भएकै होला ।

तपाईंको स्मार्टफोनको पछाडि भागमा दुई वटा क्यामेरा छन् भने त्यसमा एक हाई रेजोलुसन इफेक्टवाला र अर्को लो रेजोलुसनवाला हुन्छ । पछिल्लो समय त झन् क्वाड (चार वटा) क्यामेरा सेटअप फेसनकै रुपमा देखा पर्दै गएको छ ।

यसरी एकभन्दा बढी क्यामेरा सँगै राख्नुको कारण फोटोमा आकर्षक इफेक्ट दिनकै लागि हो । जसमा पोट्रेट तथा बोके इफेक्ट पनि हुन्छ । यो मोडमा फोटो खिच्दा ब्याकग्राउण्ड आफैं ब्लर भइदिन्छ र सब्जेक्टमा फोकस केन्द्रीत हुन्छ ।

यहाँनिर यस किसिमको फोटो खिच्न स्मार्टफोनमा दुई वटा क्यामेरा हुनु अनिवार्य छ भन्ने चाहिँ होइन । किन भने सिंगल क्यामेरबाट समेत यस किसिमको इफेक्ट तयार पार्न सकिन्छ । त्यसो त स्मार्टफोनमा पोट्रेट मोडका लागि एक डुअल लेन्स क्यामेरा जरुरी हुन्छ । टेलिफोटो लेन्स चाहिँ डेप्थ म्यापिङका लागि प्रयोग गर्ने गरिन्छ ।


टाइम ल्याप्स

टाइम ल्याप्स एउटा यस्तो फोटोग्राफी तथा भिडियोग्राफी प्रविधि हो, जसमा एउटै स्थानमा फरक फरक कयौं फोटो खिचिन्छन् । ती फोटोहरुलाई मिलाएर स्मार्टफोनमा भएको सफ्टवेयरले एउटा भिडियो बनाउँछ।

टाइम ल्याप्सको अर्थ समयलाई कम गर्नु हो । जब हामी कुनै लोकेसनमा घण्टौंसम्म भइरहेका घटनाक्रम वा दृश्यलाई केही सेकेन्डभित्रै सीमित गर्न चाहन्छौं भने त्यस्तो अवस्थामा यो फिचर प्रयोग गर्न सक्छौं ।

टाइम ल्याप्स भिडियो कन्टौंसम्म एउटै फ्रेममा लिइएका हजारौं तस्वीरको एउटा संकलन हो । एउटा सामान्य भिडियो बनाउन क्यामेराले प्रति सेकेन्ड २४ देखि ५० वटा फोटो जोड्दछ भने टाइम ल्याप्स भिडियोमा यति नै मात्रामा फोटोको लागि केही सेकेन्डको अन्तर राखिन्छ ।

अहिलेको समयमा टाइम ल्याप्स भिडियो फिचर थुप्रै स्मार्टफोनमा आइसकेको छ । यदि तपाईंको फोनमा यो फिचर छैन भने यससँग सम्बन्धित फ्रेमल्याप्स, ल्याप्स ईट जस्ता एपहरु डाउनलोड गर्न सक्नुहुन्छ ।


ब्रस्ट मोड

ब्रस्ट मोडलाई स्पोर्ट्स मोड वा कन्टिन्यु हाई स्पीड मोड पनि भन्ने गरिन्छ । यसमा एकदमै थोरै समयमा निकै नै धेरै फोटो शूट गरिन्छ । जब तपाईं कुनै गतिमा रहेको दृश्य वा एक्सन शूट गर्न चाहनुहुन्छ, त्यस्तो समयमा यो मोड प्रयोग गर्न सक्नुहुन्छ ।

यसमा तपाईंले ख्याल गर्नुपर्ने कुरा के छ भने अधिक शटका कारण तपाईंको स्टोरेज फुल हुनसक्छ । त्यसको समाधानको रुपमा तपाईं उपयुक्त फोटो रोजेर बाँकी डुप्लिकेट फोटो डिलिट गर्न सक्नुहुन्छ ।


अटोमेटिक मोड

यो मोडमा क्यामेराले सब्जेक्ट र ब्याकग्राउण्ड अनुसार लाइट, फोकस र कलर स्वचालित रुपमा एडजस्ट गर्दछ ।


फेस एण्ड स्माइल डिटेक्सन मोड

यसलाई तपाईंले अन गर्नु भयो भने तस्वीर लिँदाको बखत यसले स्वचालित रुफमा अनुहारमा फोकस गरेर सफा र स्पष्ट बनाइदिन्छ । सँगसँगै स्माइल डिटेक्सनमा हाँसिरहेको वा मुस्कुराइरहेको अनुहारमा अटो फोकस हुन्छ ।


नाइट मोड

यो मोडको नामबाटै तपाईंले यसलाई बुझिसक्नु भएको छ होला । यो मोड रातको समयमा तस्वीर लिनका लागि उपयुक्त हुन्छ । यसमा शटर स्पिड निकै कम गरिएको हुन्छ ।

ता कि यसभित्र धेरै लाइट जान सकोस र तस्वीर स्पष्ट र राम्रो देखियोस् । यसमा फ्ल्याशले समेत अहम भूमिका निमाउने गर्दछ ।

0
सेयर
50
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

इजराइलसँग बहराइनले पनि गर्‍यो शान्ति सम्झौता, बिन्यामिन नेतन्याहूले भने : शान्तिको नयाँ युग सुरु

अर्को समाचार

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

सम्बन्धित समाचारहरु

अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट
मुख्य समाचार

अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट

मेरो मेचीनगर डेस्क
January 19, 2021
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
सूचना / प्रविधि

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

मेरो मेचीनगर डेस्क
January 17, 2021
मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
मुख्य समाचार

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेरो मेचीनगर डेस्क
January 14, 2021
एनएमसीको एटीएम शुरु
अर्थ / वाणिज्य

एनएमसीको एटीएम शुरु

मेरो मेचीनगर डेस्क
January 14, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
  • रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
    रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
अर्को समाचार
फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz