पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

२१ भदौ, काठमाडौं । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताए ।

उनले यो गेम निर्माणको लागि लामो समयदेखि काम चलिरहेको उनले उल्लेख गरे । उनले गेमको पहिलो लेभल भारतको चीनसँगको सीमा विवाद रहेको गलवान घाटीमा आधारित रहेको बताएका छन् ।

गत जुनमा भारत र चिनियाँ सेनाको बीचमा गलवान घाटीमा झडप भएको थियो । उक्त झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको बीचमा तनाव चल्दै आएको छ ।

तनाव बढेसँगै भारतले लोकपि्रय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भारतमा पछिल्लो वर्षयता पब्जी निकै लोकपि्रय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।

कम्पनीका सह संस्थापक गोन्डलका अनुसार यो मोबाइल गेमबाट हुने आम्दानीको २० प्रतिशत भारतका लागि सहिद बनेका परिवारका सदस्यलाई प्रदान गरिनेछ ।

कम्पनीका अनुसार यो गेमको नाम ‘फौजी’ अभिनेता अक्षय कुमारले नै जुराएका हुन् । शुक्रबार अक्षय कुमारले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो गेमको बारेमा जानकारी दिएका थिए । उनले यो गेम ल्याउँदै गर्दा आफूलाई गर्व महसुस भइरहेको बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.