राससको महाप्रबन्धमा पाँचथरका सन्दिप राई नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, मेचीनगर : राष्ट्रिय समाचार समितीको महाप्रबन्धकमा पाँचथरका सन्दीप राई नियुक्त भएका छन् । राईसँगै हुम्लाका नवराज महतारा र दाङका टिकाबहादुर बस्नेत महाप्रवन्धकको अन्तिम प्रतिष्पर्धामा थिए ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले राईलाई आगामी चार वर्षका लागि महाप्रवन्धक नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छानिएका तीनवटा नाम मध्ये राईलाई महाप्रवन्धक नियुक्त गरिएको एकजना मनत्रीको भनाई छ।

दुई दशक देखि सक्रिय पत्रकारितामा रहेका राई हाल प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुुहुन्छ । पाचथरको फालेलुङका स्थायी बासिन्दा राई २०७७ सालमा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको सचिवालयमा थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नात्तकोत्तर राईसँग छापा,रेडियो र अनलाइन पत्रकारिताको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.