१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

डुबेर तीनजना बालिकाको ज्यान गयो

सेयर:

३० असोज, मेचीनगर : विहीबार झापामा पानीमा डुबेर तीनजना बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा जिल्ला गौरादह नगरपालिका —९ खजुरगाछीकी ९ वर्षीया स्वीकृति मगर, ७ वर्षीया सुष्मा मगर र ११ वर्षीया रोश्नी परियारको डुबेर मृत्यु भएको हो । घटना दिउँसो १ बजेतिरको हो ।

स्थानीय कृष्ण खोलामा जमेको पानीमा माछा मार्ने क्रममा उनीहरु डुबेका थिए । सँगै गएकी १० वर्षीया यूनिषा राईले तीनजना डुवेको देखेपछि अभिभावकलाई खवर गरेकी थिईन् । खवर सुन्न साथ अभिभावकहरुले तीनै जनालाई पानीमा डुबेको अवस्थामा फेला पारी बाहिर निकालेको प्रहरीले जनाएको छ । बाहिर निकाल्दैं गर्दा तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा स्थानीयले १: ३५ बजेर अस्थायी प्रहरी चौकी बैगुनधुरामा जानकारी गराएका थिए । जानकारी प्राप्त हुन साथ घटना स्थलमा प्रहरी खटिगएको र तत्कालै इलाका प्रहरी कार्यालय झिलझिलेबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन भएर घटना स्थलमा थप अनुसन्धान कार्य गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।