‘हातेमालो सामुदायिक वन उपभोक्ता समूहका हरेक गतिविधि पारदर्शी छन् ’

A notice in Nepali from Mechinagar Ward No. 10

१६ बैशाख, चारआली : झापाको मेचीनगरमा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहले विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदैं समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ ।
झापाको मेचीनगर १३ र १४ कार्यक्षेत्र भएको करिव तीन हजार बढि उपभोक्ता रहेको उक्त समूहले बुधबार आफ्नै सभाकक्षमा पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गदैं समाचारमा आए जस्तो कुनै पनि गतिविधि नभएको समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले पत्रकारहरुलाई बताए ।
हरेक वर्ष गरिने साधारण सभा, वार्षिक अधिवेशनका प्रतिवेदन सहित लेखा परीक्षकको प्रतिवेदन सुरक्षित रहेकाले सत्यतथ्यका लागि जो कसैले पनि यी प्रतिवेदन अध्ययन गर्न सक्ने अध्यक्ष सिग्देलले पत्रकार सम्मेलनमा बताए । …राज्यकोषको दोहन आरोप समूहका पदाधिकारी सदस्यहरुमा छ,’ सिग्देलले भने, समूहभित्र कहि कतै भ्रष्टचार, आर्थिक अनियमितता वा राज्यकोषको दोहन गरेको प्रमाण पुर्याए आफुहरु जस्तोसुकै कारवाही भोग्न तयार छौ । बिना प्रमाण कपोकल्पित र उपभोक्तालाई नै भ्रममा पार्ने समाचार सम्प्रेषण भएकामा समूहलाई दुःख लागेको छ ।’

अध्यक्ष सिग्देल
यस समूहको आन्तरिक रकम साधारणसभाको निर्णय अनुसार बार्षिक बजेटमा समावेश भएको रकम खर्च गरिएको तथा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ निकाशा भएर सोझै मन्त्रालयबाटै ठेक्का लागेर पानी फोहोरा निर्माण भएको,सोहि आर्थिक वर्षमै १८ लाख रुपैयाँमा खेल मैदान निर्माणका लागि विनियोजित भएर हातेमालो सामुदायिक वनको कार्यालय भवन नजीकै खेल मैदान निर्माण गरिएको, त्यसमा चार लाख ५० हजार रुपैयाँ थप गरी कुल २२ लाख ५० हजार रुपैयाँ खर्च
जलाधार इकाई कोशी प्रदेशबाट जलासय निर्माण तथा बाँध निर्माणका लागि २५ लाख तीन हजार ८७ रुपैयाँ प्राप्त भएको साथै आर्थिक वर्ष २०८१/८२ मा ओभरफ्लो निर्माण तथा जलासाय विस्तारमा ४३ लाख पाँच सय १० रुपैयाँ अनुदान आएको र बाँध तथा ओभरफ्लो निर्माणमा यस समूहको थप १० लाख आठ हजार दुई सय ९० रुपैयाँ समावेश गरी बाँध र ओभरफ्लो निर्माण गरिएको अध्यक्ष सिग्देलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ । हात्ती तारवार निर्माण गर्न ५८ हजार नौ सय १८ रुपैयाँ डिभिजन बन कार्यालयबाट अनुदान प्राप्त भएको गत आर्थिक वर्ष कोशी प्रदेश पर्यटन कार्यालयबाट ठेक्का लागेर कोशी प्रदेश सभा सदस्य सविना बजगाईँको पहलमा २५ लाख रुपैयाँ विनियोजन भएर चिल्ड्रेन पार्क र सिमसार प्रवेशद्वारनिर्माणाक लागि मन्त्रालयबाटै ठेक्का लागेको समेत विज्ञप्तिमा उल्लेख छ । उक्त कामका लागि ८६ लाख ६२ हजार पाँच सय १५ रुपैयाँ समूहको खातामा प्राप्त भएको अनुदान रकम र ५० लाख मन्त्रालयबाटै ठेक्का लागेको पत्रकार सम्मेलनमा बताइएको छ । साथै फागुन २७ गते सम्पन्न संस्थाको साधारण सभाबाट आम्दानी खर्चको सम्पूर्ण कारोवार छलफल भएर अनुमोदन भईसकेको कोषाध्यक्ष कुसुम कट्वालले बताईन् ।
समूहको सवै हिसाब किताब पारदर्शी साथै बील भौचरसहित लेखा परीक्षकको प्रतिवेदन समेत समूहको कार्यालयमा रहेको हुँदा सवैले यस विषयमा हेर्न सकिने बताइएको छ ।
समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलको एकल निर्णयमा वन सञ्चालन गर्न खोजेको भन्दै मुल समितिका चार जना महिला सदस्यले सामुहिक रुपमा राजीनामा दिएको भन्ने कुरामा कुनै सत्ययता नरहेको अध्यक्ष सिग्देलको दाबी छ । मुल समिति र ढुवानी व्यवस्थापन समितिबीच बुझाई थोरै कमजोरी भएकाले राजीनामा दिएको भए पनि सवैले राजीनामा फिर्ता लिने विषयमा छलफल भएको बताइएको छ । मूल समितिका पदाधिकारीमध्ये उपाध्यक्ष राधिका सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय ढुवानी व्यवस्थापन समिति बनाएर जिम्मेवारी दिइएको अध्यक्ष सिग्देलले बताए ।

कटान, लोड, ढुवानी र जरा उक्काउने कामका लागि एक टिपको तीन हजार पाँच सय रुपैयाँमा ठेक्का दिएको भएपनि पछिल्लो समय विविध कारणले सो रकममा बृद्धि गर्नुपर्ने अवस्था आए पनि पछिबाट केही रकम सस्तो भएका कारण संस्थाका हितका लागि कटान, लोड, ढुवानी र जरा उक्काउने काम अन्य व्यक्तिलाई दिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष सिग्देल, उपाध्यक्ष सुब्बा, सचिव यामकान्त प्याकुरेल, कोषाध्यक्ष कुसुम कट्वाल, सह सचिव सन्तोष लिम्बू निर्वाचित सदस्यहरु लक्ष्मी लिम्बु, चन्द्रकला राई, रम्भा राजवंशी र जयन्ती राईलगायतले पत्रकारहरुको जिज्ञशाको जवाफ दिएका थिए । लक्ष्मी लिम्बुले आफ्नो राजीनामा समाचारमा आउ जस्तो घटना क्रमले नभएर आफ्नो घरायशी कामले समय दिन नसकेका कारण बताईन् । चन्द्रकला राई, रम्भा राजवंशी र जयन्ती राईले भने अध्यक्षसँग काम गर्ने तालमेल अभावका कारण राजीनामा दिए पनि राजीनामा फिर्ताको लागि छलफल भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.