जनमोर्चाद्वारा देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

तर सरकारमा भने सहभागी नहुने निर्णय भएको पार्टीकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले  जानकारी दिनु भयो।

प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद हुनु हुन्छ। ५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो। पौडेललाई मन्त्री हुन देउवाले आग्रह गर्नुभएको थियो।

‘सरकारलाई विश्वासको मत दिने र गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय पार्टीको बुधबार बसेको बैठकले गरेको छ,’ उहाँले भन्नु भयो।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भन्नु भएको छ, ‘ केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ। देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ। देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.