१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बागमतीसहित कोसी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

सेयर:

१० जेठ, काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने विभागले जनाएको छ । पहाडी भू–भागहरूका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र बागमतीप्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागको भनाइ छ ।

काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा मध्याह्नबाट वर्षा सुरु हुनेछ । दिउँसो, बेलुका र राति पनि काठमाडौंमा पानी पर्नेछ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।

आज राति पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

न्यूनचापीय प्रणालीको असरका कारण वर्षा भएको मौसमविद् अधिकारीले बताए । उनका अनुसार आज र भोलि वर्षाको सम्भावना रहेको छ । “आज र भोलि मौसममा सुधार आउने छैन,” उनले भने ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।