१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

दार्चुलामा बाढी र पहिरो : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, ७ जना अझै बेपत्ता

सेयर:

दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गए राति परेको अविरल वर्षाले जिल्लाको नौगाड गाउँपालिका- २ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली- ३ की मानमती कार्की, महाकाली- २ का नन्दराम बोहरा, नौगाड- २ का मोहनराम पार्की, नौगाड- १ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर चार जनाको र बाढीले बगाएर एक जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा अझै सात जना बेपत्ता छन् ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार र बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन् ।

महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएको छ । महाकालीमा आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् ।

प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै निर्माणाधीन पक्की पुलमा समेत क्षति पुगेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।