१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

महिला उद्यमी समूहद्वारा प्रशिक्षण

सेयर:

७ साउन, विर्तामोड : बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरर्गतको महिला उद्यमी समूहको आयोजनामा दुई दिवसीय नेतृत्व विकास सम्वन्धि प्रशिक्षण शुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शुरु भएको प्रशिक्षणको संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।

महिला उद्यामी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको प्रशिक्षणमा ४० जना भन्दा धेरै महिला उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा महिला उद्यमी समूहकी निर्वतमान अध्यक्ष तीलोतमा खत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने स्मार्ट लेडीकी अध्यक्ष यशोद उप्रेती, चित्रकला ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण लीला अनमोल र चित्रकला ओलीले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सदस्य सुशीला कार्की, झापा नाट्य समूहकी मुना प्रसाईलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले गरेकी थिइन् । यसैबीच महिला उद्यमी समूहमा गीता राजवंशी, प्रभा भण्डारी, तरा वस्नेत थापा, सन्तोषी सिंह ठकरी लगायतलाई स्वागत गरिएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।