१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

विश्व बालश्रम दिवसको अवसरमा मेचीनगरमा जिङ्गल तथा पर्चा वितरण कार्यक्रम सम्पन्न

सेयर:

मेचीनगर, जेठ २९: विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टा बसपार्क क्षेत्रमा जिङ्गल तथा पर्चा पम्पलेट वितरण कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय (इप्रका) काँकरभिट्टाको आयोजनामा यो कार्यक्रम गरिएको हो।

प्रहरी नायब निरीक्षक (प्रनानि) मिलन कुमारी राईको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार (आज) बसपार्क एरियाका होटल तथा पसलहरूमा बालश्रम विरुद्धको दिवससम्बन्धी पर्चा पम्पलेट वितरण गरेको थियो। यसका साथै, बजार एरियामा बालश्रम विरुद्धको सन्देशमूलक जिङ्गल बजाएर परिक्रमा पनि गरिएको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य बालश्रमको न्यूनीकरण तथा उन्मूलनका लागि जनचेतना फैलाउनु हो। बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्ने भएकाले यस्ता जनचेतनामूलक कार्यक्रमहरू महत्त्वपूर्ण मानिन्छन्। स्थानीय प्रहरीले समुदायसँगको सहकार्यमा बालश्रम मुक्त समाज निर्माणका लागि सक्रिय भूमिका खेलेको यो एउटा उदाहरण हो। आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै बालश्रममुक्त समाज निर्माणमा सबैको साथ र सहयोग आवश्यक देखिन्छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।