१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाल क्रिकेट टीम स्वदेश फर्कियो, प्रहरीको बाजागाजासहित स्वागत

सेयर:

एसियन गेम्समा सहभागी भएर नेपाली क्रिकेट टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा कुनै पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको अनुहारमा विजयी मुस्कान थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत आज विशेष रूपमा गरिएको थियो । खेलाडीहरूलाई पहिलो आम यात्रुहरू निस्किने टर्मिनलबाटै बाहिर निकालिन्थ्यो ।

आज भने भिन्दै टर्मिनलबाट निकालियो । नेपाल प्रहरीले टीमका स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो ।
प्रहरीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एसियन गेम्स क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्वकीर्तिमान कायम गरेका थिए । सम्भवतः त्यसैलाई सेलिब्रेट गर्न प्रहरीले विशेष रूपमा स्वागत गरेको हो ।

कप्तान रोहित पौडेलले सोचेजस्तो नतिजा ल्याउन नसके पनि समग्रमा प्रतियोगिता राम्रो भएको बताए । ऐरीले आफ्नो विश्व कीर्तिमानलाई लिएर खुशी व्यक्त गरे ।

यस प्रतियोगितामा नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रूपमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

क्वाटरफाइनलमा भने भारतसँग कडा प्रतिस्पर्धामा पराजित भएको हो । भारतसँग खेल हारे पनि नेपालले मन जितेको प्रतिक्रिया सर्वत्रबाट आइरहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।