चाडपर्वमा चिनीको अभाव हुन नदिन २२ हजार क्विन्टल मौज्दात

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आवश्यकताअनुसार थप चिनी आयातको तयारी गरेको छ भने सरकारले निर्धारण गरेको मूल्यमा बिक्री वितरण भइरहेको छ

A notice in Nepali from Mechinagar Ward No. 10
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा राखिएको खाद्यान्न

प्रमुख चाडपर्व दशैँ र तिहारका बेला बजारमा चिनीको कृत्रिम अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २२ हजार क्विन्टल चिनी मौज्दात राखेको छ। चाडपर्व नजिकिँदै गर्दा उपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले कम्पनीले यो व्यवस्था मिलाएको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रले हाल कम्पनीसँग झन्डै २२ हजार क्विन्टल चिनी मौज्दात रहेको जानकारी दिएका छन्। उनका अनुसार बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै थप चिनी आयात गर्ने तयारीसमेत भइरहेको छ। सरकारले उपलब्ध गराउने निर्णय गरेको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकिएको र बाँकी १५ हजार क्विन्टल ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए।

बिक्री वितरण र मूल्य निर्धारण

मौज्दात रहेको चिनी कम्पनीले खुद्रा बिक्रीका साथै डिलर, सहकारी र विभिन्न साझेदार संस्थामार्फत उपभोक्तासम्म पुर्याइरहेको छ। सरकारबाट प्राप्त कोटाको चिनी काठमाडौँ उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँका दरले बिक्री भइरहेको कम्पनीले जनाएको छ।

सहुलियत पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै खाद्य कम्पनीले गत साउन २८ गतेदेखि नै देशका विभिन्न क्षेत्रमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। हाल देशका ४४ जिल्लाका १९३ स्थानबाट यस्ता पसल सञ्चालन भइरहेका छन्। अन्य खाद्य वस्तुहरूमा छुट दिइए पनि यस पटक चिनीमा भने कुनै पनि छुटको व्यवस्था नगरिएको सूचना अधिकारी मिश्रले स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.