अवरिरल वर्षाले हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक र बीपी राजमार्ग अवरुद्ध

सिस्नेरीको पहिरो र रोसी गाउँपालिकामा खसेको लेदोसहितको पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने प्रमुख सडकहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
पहिरोका कारण अवरुद्ध भएको सडकको फाइल तस्बिर

📌 Key Takeaways:

  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी पेट्रोल पम्प नजिक लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध भएको छ।
  • काभ्रेको रोसी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा पहिरो खस्दा बीपी राजमार्गमा दुईतर्फी यातायात पूर्ण रूपमा ठप्प भएको छ।
  • निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको र सवारीसाधनबीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ।

अवरिरल वर्षाका कारण मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख सडक खण्डहरूमा लेदोसहितको पहिरो खस्दा राजधानी काठमाडौंसँग जोडिने यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकमा यातायात ठप्प हुँदा यात्रामा निस्किएका सयौं यात्रीहरू बीच बाटोमै अलपत्र परेका छन्।

शनिबार बिहान करिब १०ः३० बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा बन्द भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले अवरुद्ध सडक खुलाउनका लागि जेसीबीको व्यवस्थापन तथा समन्वय गरिरहेको छ।

inc
inc

बीपी राजमार्ग पनि अवरुद्ध
यसैबीच, काभ्रेपलाञ्चोक जिल्ला भएर चल्ने बीपी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोसी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो। गिम्दीबेँसीमा सडकमाथिबाट खहरे खोलाको ढुङ्गा, माटो र लेदोसहितको पहिरो झरेको छ।

घटनास्थलमा अझै पनि पहिरो झरिरहेकाले तुरुन्तै पन्छाएर सडक सञ्चालन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौं आउँदै गरेका र काठमाडौंसहितका क्षेत्रबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। मौसममा सुधार नआएसम्म र सडक पूर्ण रूपमा सफा नभएसम्म यात्रा नगर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.