इलामको कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव हुने, चियाबारी पदमार्ग प्रचारप्रसारमा जोड

नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने उद्देश्यले आगामी मंसिर ५ र ६ गते कन्याममा चिया महोत्सव आयोजना गरिने भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
इलामको कन्याम चियाबारी

📌 मुख्य बुँदाहरू:

  • इलामको कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्याेदय चिया महोत्सव आयोजना हुँदैछ।
  • महोत्सवमा सूर्याेदय नगरपालिकामा सञ्चालित ५ दर्जनभन्दा बढी उद्योगका अर्थाेडक्स चिया, स्थानीय दूध र कृषिउपजका स्वाद लिन पाइनेछ।
  • चियाबारीभित्र निर्माणधीन साढे २५ किलोमिटर लामो पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।
  • महोत्सवको अवसरमा पुरुष तथा महिलाका लागि प्रतियोगितात्मक ‘टि-ट्रेल रेस’ (चियाबारी पदमार्ग हाइकिङ) समेत सञ्चालन गरिनेछ।

इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनारी गराउने प्रयासस्वरूप चियाको राजधानी मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना हुने भएको छ। आगामी मंसिर ५ र ६ गते कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा उक्त महोत्सव सञ्चालन हुन लागेको हो।

महोत्सवमा सूर्याेदय नगरपालिकाभित्र सञ्चालित ५ दर्जनभन्दा बढी उद्योगले उत्पादन गरेका अर्थाेडक्स चियाका साथै स्थानीय दूध र कृषिउपजसमेत उपलब्ध हुने आयोजकले जनाएको छ। देश तथा विदेशका चिया पारखीहरूलाई लक्षित गरिएको यस महोत्सवबाट चिया, दूध र अन्य कृषि उत्पादनको गुणस्तर प्रचारप्रसार गर्नुका साथै पर्यटकहरूलाई चियाबारीभित्र पैदल हिँड्ने पदमार्गको बारेमा जानकारी गराउने मुख्य लक्ष्य राखिएको छ।

चियाबारी पदमार्ग र हाइकिङ प्रतियोगिता

चियाबारीभित्र निर्माण भइरहेको साढे २५ किलोमिटर लामो पदमार्ग चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने चरणमा रहेको छ। यसै पदमार्गको प्रचारका लागि महोत्सवको दोस्रो दिन चियाबारी पदमार्ग हाइकिङ तथा टि-ट्रेल रेस राखिएको छ।

कन्यामबाट सुरु भएर पाल्टाँगे, मानेडाँडा, देवीडाँडा, पद्मछ्योलिङ गुम्बा हुँदै पुरानो फिक्कल बजार भएर पुनः कन्याम फर्कने रुट तय गरिएको छ। पुरुषतर्फ साढे १२ किलोमिटर र महिलातर्फ ९ किलोमिटरको दूरीमा ट्रेल रेस प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विजेता खेलाडीहरूका लागि नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

सांस्कृतिक कार्यक्रम र चिया स्वाद परीक्षण

महोत्सवको पहिलो दिन विविध सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने चिया र पर्यटनसम्बन्धी विशेष सम्भाषण राखिएको छ। उद्घाटनकै दिनदेखि चियाको स्वाद परीक्षण, रैथाने खानाका परिकार अवलोकन, विभिन्न ब्रान्डका चियाको सोकेसिङ तथा सूर्याेदयका प्रमुख पर्यटकीय क्षेत्रहरूको जानकारी दिने स्टलहरू सञ्चालनमा आउनेछन्। यस महोत्सवले अन्तु, कन्याम र फिक्कल मात्र नभई गाउँपालिका तथा नगरपालिकाका अन्य आकर्षक पर्यटकीय स्थलहरूको समेत प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.