मोरङ विराटनगरका सरोज दक्षिण कोरियाको कोन्याङ विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, मेचीनगर : मोरङ विराटनगरका एक युवाले दक्षिण कोरियाको कोन्याङ विश्वविद्यालय नोनसान सहर, छुङछङनाम्दोमा आमन्त्रित प्राध्यापकका रूपमा अवसर प्राप्त गरेका छन् ।


विराटनगर महानगरपालिका –०९ भानुटोलका सरोज पौडेलले सो अवसर प्राप्त गरेका हुन् । आतिथ्य सत्कार तथा पर्यटन व्यवस्थापन क्षेत्रमा १२ वर्षभन्दा बढीको शिक्षण अनुभव हासिल गरेका एक अनुभवी शिक्षक, प्रशिक्षक तथा परामर्शदाता पौडेल हाल दक्षिण कोरियाको कोन्याङ विश्वविद्यालय नोनसान सहर, छुङछङनाम्दोमा आमन्त्रित प्राध्यापकका रूपमा कार्यरत छन् ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय चिकित्सा पर्यटन विभाग अन्तर्गत उनले पर्यटन व्यवस्थापन, पर्यटन स्रोत तथा योजना निर्माण र वायुसेवा प्रशासनलगायत आतिथ्य सत्कार तथा पर्यटनसँग सम्बन्धित विषयहरू अध्यापन गराउँदै आएको पौडेलका पिता मुकुन्दप्रसाद पौडेलले बताए ।

पौडेल नेपालमा होटल व्यवस्थापन, आतिथ्य सत्कार तथा पर्यटनसम्बन्धी विभिन्न विषयहरूमा अध्यापन, प्रशिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएका छन् । विशेषगरी कोशी प्रदेशको पर्यटन तथा आतिथ्य सत्कार उद्योगको विकास र प्रवद्र्धनमा एक दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पुर्‍याउँदै आएका सरोज सानै उमेरदेखि त्यसतर्फ निक्कै चासो पूर्वक लाग्ने पिता मुकुन्दको भनाई छ ।
पढाइमा निकै मेधावी सरोज असाध्यै तीक्ष्ण बुद्धि भएको र पढाइमा उत्कृष्ट नतिजा ल्याउथे । जेहेन्दारः लगनशील, बुद्धिमान र पढाइमा राम्रो दखल भएका उनीमा छिटो बुझ्ने र तेज दिमाग रहेको आमा तारा पौडेलको भनाई छ । ‘उ अध्ययनशील,सधैँ पढाइलेखाइमा रुचि राख्ने र मिहिनेती थियो’ आमा ताराले भनिन् –‘सधैँ किताबमै घोत्लिरहने वा पढाइमा मात्र ध्यान दिने र पर्यटनका विषयवस्तुमा चासो राख्ने गर्दथ्यो । ’

सरोजमा सबै विषयमा राम्रो जानकारी वा ज्ञान हुनथ्यो । उनी तीक्ष्ण बुद्धिको धनी भएकै कारण निकै छिटो सिक्ने र बुझ्ने क्षमता थियो ।
यस क्रममा उनले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था तथा संगठनहरूमा विभिन्न पद र जिम्मेवारीहरू सम्हाल्दै आफ्नो व्यावसायिक अनुभव र दक्षतालाई थप विस्तार गरेका थिए । र्नुभएको छ । शिक्षण, अनुसन्धान, प्रशिक्षण, परामर्श तथा पर्यटन उद्योगमा प्राप्त लामो अनुभवलाई उपयोग गर्दै उहाँ नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन र आतिथ्य सत्कार शिक्षाको गुणस्तर अभिवृद्धि, व्यावसायिक दक्षता विकास तथा पर्यटन क्षेत्रको दिगो प्रवद्र्धनमा योगदान पुर्‍याउन प्रतिबद्ध छन् पौडेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.