सेयर बजारमा ४८ अंकको पहिरो, सबै समूह राताम्मे

A notice in Nepali from Mechinagar Ward No. 10

बुधबार सेयर बजारमा ४८ अंकको पहिरो गएको छ।

हिजो ५६ अंकले घटेको बजारमा आज पनि ठूलो अंकको पहिरो गएपछि बुल चरण नै सकिएको हो कि भन्ने आशंका समेत लगानीकर्तामा बढेको छ। आजको कारोबारपछि परिसूचक ३०७६ अंकमा कायम भएको छ।

यस दिन २१ कम्पनीको मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो।

सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ २९, विकास बैंक १६५, फाइनान्स २१, होटल तथा पर्यटन ५१, जलविद्युत १३, लगानी २, जीवन बीमा ३४४, उत्पादन १७५, निर्जीवन बीमा ४२२, अन्य ३२, ब्यापार ४१ र माइक्रोफाइनान्स ५८ अंकले घटेका छन्।

यस दिन जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ। माउन्टेन इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ। अरु बढ्ने कम्पनीको मूल्य वृद्धि भने ४ प्रतिशतमुनि नै रह्यो।

खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ भने जानाकी फाइनान्सको मूल्य ६ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा अरुणकाबेली पावर र रिडी हाइड्रोपावर अग्रस्थानमा रहे। ती कम्पनीले ४८-४८ करोड रुपैयाँको सेयर किनबेच भयो। अरुणभ्याली, नेसनल हाइड्रो र आइसिएफसी फाइनान्स पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.