पूर्वीनाकाबाट निकासी हुने अदुवा हरेक वर्ष ओरालो लाग्दैं

मेचीनगर | पुर्वीनाकाबाट हुने अदुवा निकासी हरेक वर्ष ओरालो लाग्ने अवस्थामा छ । विभिन्न अवरोधका कारण पटक पटक निकासी ठप्प हुदा व्यवसायीहरु ठूलो आर्थिक भार खेप्न समेत बाध्यय छन् ।

भारतीय पक्षको कहिले वस्तु तथा सेवा कर (जीएसटी), कहिले अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्ने विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा वारम्वारको समस्या त, कहिले नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालयको त्रिवर्षीया तथ्याङ्कले यसलाई पुष्टि गरेको छ । कार्यालयको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ को तीनवर्षको अवधिमा काँकरभिट्टा नाका भएर भारत निकासी हुने अदुवामा हरेक वर्ष गिरावट आएको छ ।

कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको २४ हजार २ सय ६८ मेट्रिक टन अदुवा भारत र बंगलादेश निकासी भएको थियो । तर, आर्थिक वर्ष २०७५ /०७५ मा निकासी हवात्तै घट्ेको कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/०७५ मा नेपालले २२ करोड २८ लाख ३५ हजार रुपैयँँ मुल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा भारत निकासी गरेको थियो ।

जुन परिमाण ५० प्रतिशत भन्दा पनि कम हो । आर्थिक वर्ष २०७६/०७७ मा भने अदुवा निकासी घटेर १३ करोड ३० लाख ४ हजार वा ५ हजार २ सय १४ मेट्रिक टनमा सिमित हुन पुगेको कार्यालय प्र्रमुख राईले जानाकरी दिनुभयो । पूर्वी पहाड संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुग्लगायत जिल्लामा व्यावसायिक अदुवा खेती हुने गरेको छ । झापासहित ताप्लेजुङ, पा“चथर, इलामलगायत पूर्वी पहाडी जिल्लाहरुवाट संकलन गरी अदुवा भारत तथा बंगलादेश निकासी गरिने गरिएको व्यवसायीहरुको भनाई छ । नेपालमा उत्पादन हुने मध्येको ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । वरिष्ठ बाली संरक्षण अधिकृतहरुका अनुसार नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । मेचीका चार जिल्लामा वार्षिक अन्दाजी ७० देखि ८० हजार मेट्रिक टन भन्दा वढी अदुवा उत्पादन हुने गरेको नेपाल अदुवा उत्पादक संघले जनाएको छ ।

भारतीय पक्षका विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा वारम्वार समस्या हुनु तथा नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको अनुमान व्यवसायीहरुको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरुपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नु ले पनि निकासी ओरालो लागेको आशंका समेत गरिएको छ ।

भारतले कृषिकालागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यवसायिक अदुवा खेती विस्तार गर्दै गएकाले माग घटेका कारण पनि निर्यात घटेको हुन सक्ने आशंका नेपाली कृषकको छ । कृषि विकाश मन्त्रालयले अदुवा निर्यातमा देखिएको समस्या दीर्घकालिनरुपमा समाधान गर्न मन्त्रालयका उपसचिव प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । कृषि विभाग, कृषि उद्यम केन्द्र, बाणिज्य विभागका प्रतिनिधि व्यवसायीका प्रतिनिधि समितिमा सहभागी थिए ।

टोलीले झापाको काँकरभिट्ट, बिराटनगर, भैरहवा, नेपालगञ्जलगायतका नाकाक्षेत्रमा अध्ययन समेत गरेको सरकारी अधिकारीहरुको भनाई छ । नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत तथा बंगलादेश निर्यात हुँदै आएको छ ।

भारतीय भन्सारले नेपाली अदुवामा वस्तु तथा सेवा कर (जीएसटी) लागू गर्न खोजेपछि पूर्वी नाका हुदै भारत निकासी हुने ठूलो परिमाणको अदुवा एकसातादेखिसम्म सीमामा रोकिनु परेको थियो । जीएसटीका कारण अदुवा निकासीमा अवरोध भएपछि करोडौं मूल्यको अदुवा सडेको व्यपारीले बताएका छन् ।

व्यवसायीका अनुसार अदुवाको निर्यात ठप्प भएका कारण मेची भन्सार परिसरमा अदुवा लोड भएका दर्जनौ मालवहाक ट्रक हप्तौ दिनसम्म थन्केका थिए । यसअघि नेपालवाट निकासी भएको अदुवामा ‘एल्डिकार्ड’ नामक घातक विषादी फेला परेको भन्दै भारतीय भन्सारले करिव तीन साता निकासी अवरुद्ध समेत गरेको थियो । भारतको खाद्य विभागले नेपाली अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्दै नेपाली अदुवाको भारत निर्यातमा प्रतिबन्ध लगाएको भएपनिपरीक्षणका लागि भारत लगिएको नमुनामा कुनै पनि प्रकारको विषादी र मानव स्वास्थ्यमा असर पर्ने वस्तु फेला नपरेपछि भारतीय पक्षले निर्यात खुला गरेको थियो ।
नमुना जाँचका लागि १० क्विन्टल अदुवा भारत लगिएको थियो, नेपाली अदुवाको नमुना परीक्षणका लागि माग गरेपछि अदुवा पठाइएको थियो । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछिमात्र निकासी खुला भएको थियो । भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करिब दुई सातासम्म कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।
भारतले नेपाली अदुवाको क्वारेन्टाइन परीक्षण तीन ठाउँमा गर्दै आएको छः कलकत्ता, पटना र लखनउ । नेपाली अदुवा राम्रो गुणस्तरको मानिन्छ । कुनै बेला भारतीय कृषिविज्ञ टोली नेपाल आएर यहाँ उत्पादन हुने अदुवालाई ‘उच्च गुणस्तरको’ भनी प्रशंसा गरेको थियो । दक्षिण भारतको कर्नाटकमा अदुवा उत्पादन बढेपछि भने परिस्थिति फेरिएको छ ।
भारतले नेपाली अदुवाको निर्यातमा लगाएको प्रतिबन्धका कारण आर्थिक व्ययभार खेप्न बाँध्य नेपाली कृषक र व्यवसायी राज्यले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्य गरेका कारण पनि झन मारमा परेका थिए । भारतलाई नेपाली अदुवामा कुनै रोग छैन भन्न र यो नेपालमै उत्पादन भएको अदुवा भन्ने कुराको ग्यारेन्टी गर्न कृषि मन्त्रालयले अदुवा निकासीमा अनिवार्य सिफारीश लागू गरेको अदुवा व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.