शेयर संरचना मिलाउन एक दर्जन लघुवित्तलाई एफपिओ जारी गर्नुपर्ने बाध्यता, यी हुन् एफपिओ जारी गर्नसक्ने लघुवित्त

A notice in Nepali from Mechinagar Ward No. 10

लघुवित्त कम्पनीहरुमा मर्जरको लहर चलेसँगै धेरै लघुवित्त कम्पनीहरुलाई शेयर संरचना मिलाउन एफपिओ जारी गर्नुपर्ने बाध्यता परेको छ। केन्द्रिय बैंकको व्यवस्था अनुसार शेयर संरचना कायम गर्न थप सार्वजानिक निष्काशन गर्नुपर्ने भएको हो।

केन्द्रिय बैंकले लघुवित्त कम्पनीहरुको पूँजी बढाउदै मर्जरमा जान दबाब दिएपछि लघुवित्त कम्पनीहरुमा मर्जरको क्रम बढेको छ। ९० वटाभन्दा बढी पुगेका लघुवित्त कम्पनीहरु अहिले ७६ वटामा झरिसकेका छन्।

लघुवित्त कम्पनीहरु मर्जरमा जाँदा दुबै कम्पनीले आइपीओ जारी गरिसकेको र दुबैले आइपीओ जारी नगरेका लघुवित्त आपसमा गाभिदा एफपिओ जारी गर्नु नपर्ने भए पनि आइपीओ जारी गरेको र नगरेको लघुवित्त आपसमा गाभिदा भने एफपिओ जारी गर्नुपर्ने बाध्यता रहन्छ।

दुबै लघुवित्तले आइपीओ जारी गरिसकेको अवस्थामा मर्जएरमा जाँदा उनीहरुको शेयर संरचना केन्द्रिय बैंकले ताेकेअनुसारकै रहन्छ। आइपीओ जारी नगरेका लघुवित्तहरुले पनि मर्जर पश्चात आइपीओ जारी गर्न सक्छन्। तर आइपीओ जारी गरिसकेको लघुवित्तले आइपीओ जारी नगरेका लघुवित्तसँग मर्जर गर्दा केन्द्रिय बैंकले भनेअुसारको शेयर संरचना कायम हुँदैन।

लघुवित्त कम्पनीहरुले पूँजीको कम्तिमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ। पहिले नै ३० प्रतिशत आइपीओ जारी गरेका लघुवित्तले आइपीओ जारी नगरेको लघुवित्तलाई एक्वायर गर्दा सर्वसाधारणको हिस्सा ३० प्रतिशतभन्दा कम हुन आँउछ जसले गर्दा उक्त संरचना मिलाउन लघुवित्त कम्पनीहरुले एफपिओ जारी गर्ने तयारी गरेका हुन्।

आइपीओ जारी गरिसकेका लघुवित्तहरुले आइपीओ जारी नगरेका लघुवित्तहरुलाई मर्ज गर्दा पूँजी संरचना मिलाउन एफपिओ जारी गर्नुपर्ने लघुवित्त बैंकर्स सँघका अध्यक्ष एवम विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल बताउछन्। “आइपीओ जारी गरिसकेका लघुवित्तले आइपीओ जारी नगरेका लघुवित्तलाई मर्ज गर्दा पूँजी संरचना मिलाउन एफपिओ जारी गर्ने हो,” उनले भने, “केन्द्रिय बैंकको व्यवस्था अनुसार शेयर संरचना मिलाउन परिहाल्यो। त्यसको लागि जति पुर्याउनु पर्ने हो त्यहि रकम बराबरको सर्वसाधारणमा थप सार्वजानिक निष्काशन गर्ने हो।”

विजय लघुवित्तले पनि आइपीओ जारी नगरेको खप्तड लघुवित्तलाई आफुमा गाभेको थियो। जसले गर्दा विजय लघुवित्तले पनि एफपिओ जारी गर्ने तयारीमा छ। “हामीले पनि आइपीओ जारी नगरेको लघुवित्तलाई मर्ज गरेका छौ,” उनले भने, “पूँजी संरचना मिलाउन हामी पनि एफपिओ जारी गर्ने हो।”

हालसम्मको तथ्याँक अनुसार करिब दर्जन लघुवित्त कम्पनीहरुले एफपिओ जारी गर्न सक्ने देखिएको छ। जसमध्ये केहि लघुवित्तले साधारण सभाबाट एफपिओ जारी गर्ने प्रस्ताव पारित गरिसकेका छन् भने केहि लघुवित्तले मर्जर प्रकृया सकेर एफपिओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारीमा छन्। ८ वटा लघुवित्त भने मर्जर प्रकृयामा नै रहेका छन् उनीहरुले पनि मर्जर प्रकृया सकिएपश्चात शेयर संरचना मिलाउन एफपिओ जारी गर्न सक्ने देखिएको छ।

हालसम्म एनआरएन लघुवित्त, समिट लघुवित्त लगायतका केहि लघुवित्त कम्पनीहरुले एफपिओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ भने मिर्मिरे लघुवित्तले पनि एफपिओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

त्यसैगरी, आरम्भ चौतारी लघुवित्त, समाज लघुवित्त, विजय लघुवित्त, घाेडीघोडा लघुवित्त, वोमी लघुवित्त, महुली सामुदायीक लघुवित्त, नयाँ नेपाल लघुवित्त र सुर्योदय लघुवित्तले पनि आइपीओ जारी नगरेका लघुवित्त कम्पनीहरुलाइ आफुमा गाभेका छन्। जसले गर्दा शेयर संरचना मिलाउन यी लघुवित्त कम्पनीहरुले पनि एफपिओ जारी गर्ने छन्।

यी हुन् एफपिओ जारी गर्न सक्ने लघुवित्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.