नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नागरिक लगानी कोषले आज शुक्रबार (फागुन २१ गते) देखि ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कोषले ८२.८४% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो । यसमा व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.