Thursday, June 30, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

सवा अर्ब ठगेको भन्दै एनसेललाई स्पष्टीकरण

सेवाग्राहीको स्वीकृतिबेगर नियोजित रुपमा सेवाहरु स्वतः नवीकरण गरेर शुल्क असुली गरेको देखियो –पुरुषोत्तम खनाल, अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 12, 2020
  • 12:04 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य
0 0
A A
0
सेयर
42
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौँ | ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा र प्याक स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणको निर्देशनविपरीत विभिन्न शब्दावली प्रयोग गरी ग्राहकले प्रयोग गरिरहेका विभिन्न सेवाको स्वतः नवीकरण गरी एनसेलले सवा अर्ब ठगी गरेको प्राधिकरणको भनाइ छ ।

‘सेवाग्राहीको स्वीकृतिबेगर नियोजित रूपमा सेवाहरू स्वतः नवीकरण गरेर शुल्क असुली गरेको देखियो,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘ग्राहकलाई क्षतिपूर्ति भराउने उद्देश्यले स्पष्टीकरण सोधेका हौं ।’ तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्ने गरी प्राधिकरणले भदौ १९ गते एनसेलका नाममा पत्र काटेको छ । ‘कोभिड–१९ का कारण कर्मचारी घरमा रहेको भन्दै एनसेलले स्पष्टीकरण पेस गर्न अर्को एक साताको समय मागेकाले थप गरिदिएका छौं,’ अध्यक्ष खनालले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए सेवाग्राहीलाई क्षतिपूर्ति भराउँछौं ।’

सेवाहरू स्वतः नवीकरण नगर्नू भनी प्राधिकरणले दिएको निर्देशन अटेर गरी एनसेलले ग्राहकबाट गैरकानुनी शुल्क लिएको देखिएको उनको भनाइ छ । ०७५ असोज १४ को निर्णयअनुसार प्राधिकरणले असोज १५ मा एनसेललाई भ्यालु एडेड सेवा (भ्यास) को स्वतः नवीकरण बन्द गर्न निर्देशन दिएको थियो । एनसेलले ०७५ जेठदेखि ०७७ वैशाखसम्ममा दैनिक नवीकरण, मासिक नवीकरण, साप्ताहिक नवीकरण र तीनदिने नवीकरण जस्ता शीर्षकमा ग्राहकको स्वीकृतिबेगर एक अर्ब २ करोडभन्दा बढी रकम असुलेको प्राधिकरणको अध्ययनले देखाएको छ । ‘ग्राहकले प्याकको सेवा बन्द गर्दासमेत स्वतः नवीकरण गरेर शुल्क लिएको उजुरीपछि प्राधिकरणले अध्ययन गरेको हो,’ अध्यक्ष खनालले भने ।

‘प्राधिकरणले भ्यासको स्वतः नवीकरण बन्द गर्न निर्देशन दिइएकोमा सोविपरीत एप ग्यालरीका विभिन्न सेवा रिन्यु, रिकरिङ, रिन्युअलजस्ता शब्दावली प्रयोग गरी सेवाग्राहीको स्वीकृतिबिना शुल्क लिइरहेको पाइएकाले सेवाग्राहीलाई पुग्न गएको हानिनोक्सानीको जम्मा बिगो रकम १ अर्ब २ करोड २ लाख ८९ हजार असुल गरी सेवाग्राहीलाई क्षतिपूर्ति किन नभराउने ?’ प्राधिकरणले एनसेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

एनसेलले अर्कै शीर्षकमा १२ करोड एक लाखभन्दा बढी महसुल संकलन गरेको पनि अध्ययनले देखाएको छ । ‘गेमलोफ्टका विभिन्न प्याक स्वतः नवीकरण गरी ०७६ जेठदेखि ०७७ वैशाखसम्म करबाहेक १२ करोड १ लाख २७ हजार आम्दानी देखिएको छ,’ प्राधिकरणले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

एनसेलले मोबाइल सेवा प्रदायकको अनुमति पत्रको सर्तविपरीत प्राधिकरणबाट महसुल दर स्वीकृत नगराई ०७५ साउन १ गतेदेखि एप ग्यालरी नामको भ्यालु एडेड सर्भिसका विभिन्न प्याक सञ्चालन गरी सेवाग्राहीबाट शुल्क लिइरहेको पनि प्राधिकरणको निष्कर्ष छ । ‘प्राधिकरणबाट शुल्कको स्वीकृति नलिई स्वतः नवीकरण हुने गरी सञ्चालनमा रहेका गेमलोफ्ट र एप ग्यालरी नामका भ्यास सेवा तथा स्वतः नवीकरण हुने गरी सञ्चालित सबै सेवा तत्काल किन बन्द नगर्ने ?’ प्राधिकरणले लेखेको स्पष्टीकरणमा भनिएको छ, ‘र, प्राधिकरणबाट दिएको निर्देशन पालना नभएसम्म विदेशी मुद्रा सिफारिसलगायत प्राधिकरणबाट प्रदान गरिने सेवासुविधा किन उपलब्ध गराउने ? प्रस्ट पार्ने ।’

एनसेलले भ्यास सेवा र भ्वाइस, डेटा प्याकेजलगायत सेवा सञ्चालन गर्दा सब्स्क्रिप्सन पेज, एसएमएस नोटिफिकेसन, मोबाइल एप, बिलिङ सिस्टममा फरकफरक शब्दावली प्रयोग गरी सेवाग्राहीलाई झुक्याउने कार्य गरेको पनि प्राधिकरणको निष्कर्ष छ । ‘एक रूपता कायम हुने गरी शब्दावली प्रयोग किन नगरेको ?’ प्राधिकरणको पत्रमा भनिएको छ, ‘ग्राहकले सजिलै सेवा बन्द गर्ने जानकारी, सेवा बन्द गर्न सक्ने बटन, कुन–कुन सेवा लिएको र कति दर रेटको शुल्क लागिरहेको छ, सो विषयहरू सजिलै हेर्न सक्ने गरी मोबाइल एपमा किन सेवाग्राहीलाई जानकारी उपलब्ध नगराएको ?’

दूरसञ्चार ऐनमा रहेको थोरै जरिवाना व्यवस्थाको लाभ उठाउँदै एनसेल पटक–पटक यस्तो काममा संलग्न हुँदै आएको छ । ऐनमा अनुमति पत्रको सर्त उल्लंघन गरे वा प्राधिकरणको निर्देशन पालना नगरे बढीमा ५ लाखसम्म जरिवाना गर्ने प्रावधान छ । यसअघि प्राधिकरणबाट शुल्क स्वीकृत नगराई सेवाग्राहीबाट साढे ४ अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको घटनामा प्राधिकरणको सञ्चालक समितिले एनसेललाई १० लाख जरिवाना तिराउने निर्णय गरेको थियो । प्राधिकरणको अनुसन्धानले यसअघि एनसेलले म्याजिक भ्वाइस, लभ डिटेक्टरजस्ता भ्यास सेवा सञ्चालनका लागि शुल्क स्वीकृत नगराई सेवाग्राहीबाट ४ अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको थियो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा
अन्तर्राष्ट्रिय

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

June 29, 2022
अर्थ / वाणिज्य

आज रोपाइँ गरेर देशभर राष्ट्रिय धान दिवस मनाइँदै

June 29, 2022
सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी
अर्थ / वाणिज्य

सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

June 28, 2022
अर्थ / वाणिज्य

सुरु भयो मोफसलमा जहाजहरूको रात्रि बिसान

June 28, 2022
एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात
अर्थ / वाणिज्य

एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात

June 28, 2022
इलामको सुकिलुम्बा विमानस्थल बन्द
अर्थ / वाणिज्य

इलामको सुकिलुम्बा विमानस्थल बन्द

June 28, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

सांस्कृतिक स्थल खुला गर्न विश्व हिन्दू महासंघको माग

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In