तीनहजार कारवाहीमा पर्दा बाईसलाख बढी राजस्व संकलन

काँकरभिट्टा | अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले गत आर्थिक वर्ष २०७६ / २०७७ मा सवारी नियम उल्लंघन गर्ने ३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।

आफ्ना सवारी साधनका आवश्यक मागजात नबोक्ने, समयमै नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका, क्षमताभन्दा बढी यात्रु तथा मालवहाक, तीव्रगतिमा चलाउनेलगायतका ट्राफिक नियम पालना नगर्ने ३ हजार ५ सय १६ वटा सवारी साधनलाई एकवर्षको अवधिमा कारवाही गरेको ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानले बताउनुभयो ।

मेचीनगर नगरपालिकाक्षेत्रभित्रको यातायात व्यवस्थापनको जिम्मा पाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले ती सवारी साधनलाई कारवाही गरेपछि २२ लाख २२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी नायव निरीक्षक प्रधानले बताउनुभयो ।

पोस्टले सवैभन्दा बढी आर्थिक वर्षको दोस्रो भदौ महिनामा ४ सय ६६ वटा सवारी साधनलाई कारवाही गरेर २ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । लकडाउनयता समेत प्रहरीले सवारी साधनलाई कारवाही गरेको ट । पहिलो पटक सरकारले अघिल्लो वर्षको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपनि त्यो महिना २ सय १८ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् । ती सवारी साधनबाट पोस्टले १ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको प्रधानले बताउनुभयो । जेष्ठमा कारवाही संख्या शुन्य छ । असारमा २ सय २ वटा कारवाहीमा पर्दा १ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

साउनमा १ सय ४९ वटा बाट ८८ हजार, असोजमा ३ सय ८६ वटााबट २ लाख ४० हजार ५ सय, कात्तिकमा ३ सय ९३ वटााबट २ लाख ४६ हजार ५ सय, मंसिरमा ४ सय २७ वटा बाट २ लाख ६६ हजार ५ सय , पुसमा ४ सय ७ वटा बाट २ लाख ५४ हजार, माघमा ४ सय ५ वटा बाट २ लाख ५५ हजार तथा फागुनमा ४ सय २७ वटा बाट २ लाख ६५ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरी नायव निरीक्षक प्रधानले बताउनुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.