झापा मेचीनगरका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, मेचीनगर । फ्रण्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापा मेचीनगरका पत्रकारहरूको विहीबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रा.लि. मेचीनगर —६ काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा नगरका अधिकाँश पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले बताउनुभयो ।

स्वास्थ्यकर्मी दिलीप सुवेदीले पत्रकारहरूको अक्सिजन लेभल, छाती र नाडीको धड्कन, तापक्रम , वजन मापन, छातीको एक्स–रे लगायतका प्रारम्भिक चरणका स्वास्थ्य परीक्षण गर्नुभएको क्लबका सचिव जिआर धितालले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सुवेदीका अनुसार सवैजनाको छातीको एक्स—रे गराइएको भएपनि धेरैको स्वास्थ्य अवस्था सामान्य र केही केही पत्रकारले छातीमा संक्रमण हुन नदिन गर्नुपर्ने व्ययाम, प्रयोग गर्नुपर्ने औषधि र दैनिक तातोपानीको वाफ लिर्नुपर्ने अवस्था छ ।

 

स्वास्थ्य परीक्षणका लागि पुगेका पत्रकारहरुलाई स्वास्थ्यकर्मी सुवेदीले अहिलेको कोभिड १९ को कठिन परिस्थितिमा आफूहरु कसरी सुक्षित हुने, कोभिड १९ को संक्रमण हुन बाट जोगिन के गर्नेलगायतका बारेमा समेत परामर्श दिनुभएको थियो ।

कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले अहिलेको विषम् परिस्थितिमा पत्रकारहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रालि मेचीनगर —६ काँकरभिट्टाले प्राविधिक सहयोग उपलब्ध गराएर यो सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

क्लबले यसअघि पनि नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको थियो । साथै सञ्चारगृह मै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो ।

 

कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका बखत नगरबाट प्रकाशन प्रशारण हुने पत्रपत्रिका, रेडियो र अनलाईनलाई लोक कल्याण्कारी विज्ञापन वापतको एकमुष्ठ रकम उपलब्ध गराउन स्थानीय सरकार मेचीनगर नगरपालिकालाई आग्रह गरे बमोजिम यसको तयारी अन्तिम चरणमा पुगेको छ ।

क्लबले स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य गरेर यस्तो विपतका बखत सञ्चारकर्मीहरुको स्वास्थ्य उपचार तथा विभिन्न कार्यमा समन्वय गदैं आएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

शिविरमा संस्थापक, पुर्व अध्यक्ष, निवर्तमान अध्यक्षसहित क्लबका पदाधिकारीदेखि नगरका अग्रपंक्तिमा कार्यरत पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.