१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेकपा एमाले बाह्रदशीको वडा तहसम्म अभियान सञ्चालन

सेयर:

२७ साउन, मेचीनगर : वडा तहसम्म अभियान सञ्चालनको तयारी गरिरहेको नेकपा एमाले बाह्रदशीले पूर्वतयारी कार्यक्रम अन्तर्गत नेता–कार्यकर्ताबीच अन्तरक्रिया गरेको छ । ज्येष्ठ नागरिक भवनमा हिजो अगुवा कार्यकर्ता र नेताहरुबीच अन्तरक्रिया गरेको हो ।

नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रम र वास्तविकताका बारेमा अन्तरक्रिया गरिएको हो । पछिल्लो समय नेकपा एमाले र सरकारविरुद्ध योजनावद्ध रुपमा भ्रम छरिएपछि अगुवा कार्यकर्ताहरुलाई यस सम्बन्धमा यथार्थ जानकारी दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बाह्रदशी गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी र सरकारका विरुद्धमा छरिएका भ्रम चिर्नलाई सर्वप्रथम नेताहरुबाट यथार्थ कुराहरु बुझ्न कार्यक्रम गरिएको हो ।

गाउँपालिकास्तरीय अगुवा कार्यकर्ताहरु सहभागी अन्तरक्रियामा समूह बनाइएको थियो । विभिन्न पाँच समूहले पार्टी र सरकारविरुद्ध उठाउने विषय वस्तुहरुलाई प्रश्नका रुपमा प्रस्तुत गरेका थिए । समूहहरुबाट स्थानीय अगुवा कार्यकर्ताहरुले विशेष गरि पार्टी र सरकारमाथिको आरोपलाई जिज्ञासाका रुपमा राखेका थिए ।

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको, गिरीबन्धु काण्ड, कम्बोडिया काण्ड, भिजिट भिजा, भ्रष्टाचार, पूर्व राष्ट्रपति विद्या भण्डारी र पार्टीभित्रको अन्तरविरोध जस्ता विषयहरुलाई गाउँगाउँमा छरेर भ्रम फैलाइरहेको भन्दै यसबारे नेताहरुलाई प्रष्ट बनाउन आग्रह गरिएको थियो ।

सहभागीहरुको प्रश्नमा नेकपा एमालेका केन्द्रीय सदस्य झापा इञ्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, जिल्ला उपाध्यक्ष शिव ढुङगेलले प्रष्ट्याएका थिए । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीले अन्तरक्रियाको सहजीकरण गरेका थिए । जिल्ला सचिव तुलसी कार्की, जिल्ला सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

गाउँगाउँमा अभियान सञ्चालन गर्दा सदस्य र सर्वसाधरणहरुले गर्ने प्रश्नको जवाफ दिनका लागि नेताहरु मार्फत विभिन्न आरोपहरुबारे प्रष्ट बनाइएको हो ।

सय जनाभन्दा बढि अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा २६ जनाले प्रश्न राखेका थिए । कमिटीका उपाध्यक्ष यादव मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव रविना ढकाल गरेकी थिइन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।