२५ पौष झापा : समुदायमा उच्च मात्राको लागूपदार्थ दुव्र्यसनले हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका अपराधिक घटनाहरु वढिरहेका छन् । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने वढिजसो आपराधिक क्रियाकलापमा लागुऔषध दुव्र्यसनीहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुव्र्यसनकै कारण भएको पाइन्छ ।
घर, समाज, टोललगायत राष्ट्रकै मुख्यः समस्याका रुपमा रहेको लागु औषध नियन्त्रण यतिखेर मुख्यः चूनौतीका रुपमा रहेको छ । यसको नियन्त्रण र रोकथामकालागि विभिन्न प्रयासहरु पनि नभएका होइनन् । हरेक वर्ष जुन २६ गते लागू औषध तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सरकारले यो दिवस साप्ताहिरुपमा विभिन्न चतनामुलक कार्यक्रम गरी यो दिवस मनाउर्दै आएको छ । स्थानीय सरकारसहित विभिन्न संघ संस्थाहरुले समेत बेला बखत विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएकाछन् ।
मेचीनगर नगरपालिकाले केही दिनअघिमात्र यससँग विज्ञहरुको टोलीलाई निम्त्याएर बृहद चेतनामुलक कार्यक्रम गरेको केहि महिनापछि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवाकेन्द्र काँकरभिट्टाको संयुक्त आयोजनामा लागुपदार्थ दुव्र्यसन अवैध ओसार , विक्री वितरण नियन्त्रण समबनिध अन्तरक्रिया नै भयो । पछिल्लो समय प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै (लापसे) लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको छ ।
तर, समस्या ज्यूँ का त्यूँ छ । लागु औषध दुव्र्यसन तथा ओसार पसार विद्यमान समस्याको रुपमा रहेको छ । जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा यस्तो गतिविधिमा संलग्न एकसय ६५ जनालाई पक्राउ गरीसकेको छ । यसले पनि जिल्लामा लागु औषधको धन्दा मौलाईरहेको पुष्टि गर्ने यसका अभियन्ताहरु बताउछन् । लागु औषधका एकसय ७ वटा मुद्घामा १४ महिलासहित एकसय ६५ जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागु औषधका कुल मुद्घामध्ये एकसय वटा किनारा लागे पनि बाकीका विषयमा अनुसन्धान भईरहेको छ । यो अवधिमा ब्राउन सुगरमात्र ९७२ ग्राम ९८० मिलिग्राम, गाजा १६ केजी २२७ ग्राम, २८० मिलिग्राम, हाईड्रोक्लोराईट सिरप ३० बोत्तल, एस्कुफ १० बोत्तल, नाईट्रभेट ३५० ट्याप्लेट, लिकोरेक्स ७ बोत्तल, नाइट्रोजन १० ५० टयाव्लेट, नाइट्रोजिपाम ९ ट्याव्लेट फेला पारेको प्रहरीसाँग अभिलेख सुरक्षित छ । यसले पनि झापामा लागु औषधको भयावह अवस्था रहेको प्रहरीको भनाई छ । जिल्लाको उत्तरी सिमाना इलामको जिर्मलेदेखि दक्षिण मोरङको ११८ किलोमिटर भारतसँगको खुला बोडर नै नेपाल प्रहरीकालागि टाउको दुखाई छ ।
गत आर्थिक वर्ष २०७९÷०८० को एकवर्षको अवधिमा जिल्लामा प्रहरीले यस्तो गतिविधिमा संलग्न ३०१ जना पुरुष र ३५ महिला गरी कुल ३३६ जनालाई नियन्त्रणमा लिईएको थियो । त्यो वर्ष लागु औषधका २०६ वटा मुद्घामध्ये एउटा बाहेक सवै फस्र्याेट भएको कार्यालयले जनाएको छ । प्रहरीले ब्राउन सुगर १ किलो ५५८ ग्राम, ४५९ मिलिग्राम, लुपिजेसिक ८५, डाइजीपाम १०८,फेनारगन ९५ तथा लेवल नभएको ६ एम्पुल, नाईट्रोजन १५, नाईट्रोजेपाम १९३, नेट्राभेट २९८ ट्याव्लेट स्पासोनो एफ २१ क्याप्सुल, एभिल ६ एम्पुल कोडिन फसफेट सिरप ६ बोत्तललगायत पक्राउ गरेको थियो ।
लागुऔषध दुव्र्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पार्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको भनाई छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैरसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्ने उहाँको भनाई छ ।
समाजमा विद्यमान समस्याको रुपमा रहेको लागु औषध दुव्र्यसन तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुन पर्ने सरकारी अधिकारीहरु बताउछन् । दुव्र्यसनमा फसेकाहरुले उपचार पाउनु उनीहरुको अधिकार हो तर कुलतमा फस्नु अधिकार भित्र नपर्ने ती सरकारी अधिकारीहरुको भनाई छ ।


