१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सर्वोच्चमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्न बाटाे खुल्याे (राजपत्रसहित)

सेयर:

६ मंसिर, काठमाडौँ : सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सोमबार सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित रहेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ । यो नियमावली पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्चले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने जनाएको छ ।

गोला प्रक्रिया सञ्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्चका मुख्य रजिष्टारलाई दिइएको छ भने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।

जपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । सर्वोच्चको ‘फुलकोर्ट’ बैठकले गोला प्रथा लागू हुने मिति तय गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गोला प्रथा लागू हुने मिति तय भएपछि पेशी व्यवस्थापनको बाटो अलि सहज हुन्छ । साथै प्रविधिक पक्ष निर्देशिका बमोजिम हुने उहाँले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।