१२ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री पक्का, गठबन्धनले प्रदेश प्रमुखलाई बुझायो ४२ सांसदको हस्ताक्ष

सेयर:

२८ साउन, काठमाडौं : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चासहितको गठबन्धनले बिहीबार बिहान दाबी पेश गरेको हो ।

गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । चारवटै दलका संसदीय दलका नेता, दलको निर्णय र सिफारिस बुझाइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

लुम्बिनीमा कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । गठबन्धनमा हृदयेश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही पनि सामेल भएका छन् । र, नयाँ सरकारका लागि ४२ सांसदको बहुमत जुटेको छ ।

केसीले बिहीबार नै मुख्यमन्त्रीको शपथ ग्रहण गर्नेछन् । त्यससँगै चारजनाको मन्त्रिमण्डलले सपथ ग्रहण गर्ने योजना रहेको गठबन्धनले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।