१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापामा एकसातामा विभिन्न दुर्घटनामा सातजनाको मृत्यु

सेयर:

७ भदौ, मेचीनगर : भदौ महिनालागे यता झापामा दैनिक एकजनाको मृत्यु हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ ।

झापामा वितेको एकसातामा विभिन्न दुर्घटनामा परेर सातजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भदौ १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न पालिकाहरुमा भएका दुर्घटनामा परेर सातजनाको ज्यान गएको हो । सवारी दुर्घटना, करेन्ट लागेर र बालकको घाटीमा साडीको पीङ बेरीएरलगायतका दुर्घटनामा परेर एक बालकसहित सातजनाको ज्यान गएको हो । यसरी मृत्युहुनेमा अधिकाँश पुरुष छन् ।

भदौ २ गते करेन्ट लागेर झापा मेचीनगर नगरपालिका—५ भेटघाट चोक बस्ने २२ वर्षीय संदिप राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साँझ ५ बजेको समयमा आफ्नै घरको टेवल फ्यान बिग्रीई मर्मत गर्ने क्रममा राजवंशीलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भई उपचारको लागि आम्दा मेची अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवलाल राजबंशीको कमाण्डमा खटिएको अनुसन्धान अधिकृतको टोलीले उनको करेन्ट लागेर मृत्यु भएको पुष्टि गरेको थियो ।

भदौं ३ मा झापाको दमक र बुद्धशान्तिमा भएका अलग अलग सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा एकजना महिला छन् । विहान आठ बजेतिर झापा दमक नगरपालिका —७ पशुडाँडा स्थित पुर्व पश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ न. को मालवाहक बन्दाकोपी बोकेको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र १—०१—०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कमल गाउँपालिका—५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको थियो । उनका श्रीमान ४३ वर्षीय सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागि उपचारको लागि दमक अस्पताल दमक पठाएको थियो ।

सोहि दिन झापाको बुद्धशान्ति गाउँपालिका –४ बर्ने स्थित मेची राजमार्गमा ईलाम बाट बुधबारेतर्फ आउदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कारपियो र बिपरित दिशातर्फ जादै गरेको प्र.१–०१–०१६ प.३६६१ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बुद्धशान्ति गाउँपालिका –१ का ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाईते भई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ भदौमा झापा कमल गाउँपालिका— ४ का २१ वर्षीय उज्वल राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दिउसो २ बजेतिर सोहि वडामा पर्ने ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो । घाईते अवस्थाका उनलाई उपचारको लागि लाईफलाईन अस्पताल दमकमा पठाइएकोमा दमकमा पुर्याउन साथ दिउसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

भदौ ५ मा झापाको अर्जुनधारामा एक बालकको मृत्यु भएको छ । साँझ पौने ५ बजेतिर अर्जुनधारा नगरपालिका—११ बालविकास टोलका नेत्रप्रसाद सिवाको छोरा बर्ष अन्दाजी १० को प्रदिप सिवा आफ्नै घरको काठको बलोमा खेल्न बनाएको साडीको पीङमा साडी बेरिदाँ पासो लागि घाइते अवस्थामा उपचारका लागि अस्पताल पुर्याएपछि डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

६ भदौमा मोटरसाईकलको ठक्करबाट घाइते भएका कमल गाउँपालिका ३ का ८८ वर्षीय को टिकाराम श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार साँझ सवा सातबजे झापा कमल गाउँपालिका —३ केराधाप स्थित भित्री सडक खण्डमा केम्पाबाट केर्खातर्फ आउदै गरेको प्रदेश न.१–०१–०१६ प ५१०५ नम्बरको मोटरसाईकलले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिँदा टाँउको, दाहिने खुट्टामा चोट लागेको थियो । थप उपचारका लागि विर्तामोडको विएण्डसी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा ७ गते विहान ११ः३५ बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मोटरसाइकल र चालक सोहि पालिका वडा नम्बर ५ बस्ने बर्ष ५१ को मानकुमार सुबेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

७ भदौमा झापा कन्काई नगरपालिका १ का ३७ वर्षीय पंकज माझीको करेन्ट लागेर मृत्यु भएको छ । विहान ८ः३० बजेको समयमा कनकाई नगरपालिका —१ स्थित खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।