काँकरभिट्टा : झापाको काकरभिट्टाबाट काठमाण्डौ जादै गरेको बस दुर्घटनामा परेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने २८ यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए। मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
