१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरक्षेत्रका तीनवटा नदीमा जेसिवी प्रयोगमा प्रतिबन्ध : निर्णय उल्लङघन गरे कारबाही गरिने

सेयर:

३० जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो । सकारले प्रत्येक वर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।

मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको तीन वटा नदीहरु निन्दा, हडिया र टिमाई खोलामा ठेकेदारलाई जेसिवी मेसिनबाट प्रयोग नगर्न चेतावनी दिइएको छ ।

उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले ठेकेदारसँग सम्झौता भए अनुसार मेची खोला बाहेक निन्दा, हडिया र टिमाई खोलामा निर्माण सामाग्री उत्खनन् गर्दा जेसिवी प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।

ठेक्का सम्झौता अनुसार आईई प्रतिवेदन भएका निन्दा, हडिया र टिमाइ मध्ये मेची खोलामा जेसिवी मेसिन प्रयोग गर्न बन्द नगरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

ठेक्का अनुसार केहि दिनका लागि घर तथा अन्य सामाग्री निर्माण सम्बन्धी नदी उत्खनन् गर्न ट्याक्टर प्रयोग गर्न रोक नलगाइएको उहाँको भनाई छ । सरकारले देशभर असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ । मेचीनगरमा पनि चाँडै सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरिएको उपप्रमुख उप्रेतीले बताउनुभयो ।

मेचीनगर विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको थियो । तर, मेचीनगरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो । मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसंगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।

मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख उप्रेतीले ले बताउनुभयो ।

नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिदैं यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उहाँले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।