Day: माघ २९, २०७८
१ हजार ८२६ जना संक्रमण मुक्त : ८३६ जनामा संक्रमण पुष्टि
२९ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ८३६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा संक्रमण देखिएको छ भने २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा…
चुनाव अघि एमसीसी संसदमा टेबुल गरिए स्थानीय तहको चुनाब विथोलिने प्रचण्ड-माधवद्वारा देउवालाई धम्की
२९ माघ, काठमाडौँ : एमसीसी अघिबढाउने सम्बन्धमा प्रधानमन्त्री देउवाको आग्रहलाई प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् । उनीहरुले स्थानीय तह निर्वाचनअघि एमसीसी अगाडि बढाउन नहुने अडान दोहोर्याए । नेताहरुका अनुसार माधव नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे आगामी वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने बताए । ‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा…
मगमग चाउचाउ उद्योगमा लागेको आगो निभाउन मेचीनगर सहित प्रदेश १ का १७ वटा दमकलको प्रयोग
२९ माघ, मेचीनगर : मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी नियन्त्रण गर्न मेचीनगर नगरपालिकासहित १७ वटा दमकलले को करिब १० घण्टाको लगातारको प्रयास पछि नियन्त्रणमा आएको छ । मेचीनगरसहित झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट १७ वटा दमकल आगो निभाउन आएको चाउचाउ उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बताए । मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा शनिबार बिहान करिब…
सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न जोड
२९ माघ, मेचीनगर : झापाको मेचीनगरमा शनिबार आयोजित एक कार्यक्रमका सहभागीहरुले आफुले सिकेको सीपलाई सदुपयोग गर्न सके आर्थिकरुपमा मजवुत र आत्मनिर्भर बन्न सकिने बताएका छन् । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा ऋद्घिसिद्घ महिला संघ मेचीनगर १० ले आयोजना गरेको ९ दिने व्याग झोला सिलाई कटाई तालिमको समापन समारोहका अधिकाँश वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख…
प्रदेश नम्बर १ पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ शनिबारबाट झापाको मेचीनगरमा शुरु प्रतियोगितामा
२९ माघ, मेचीनगर : प्रदेश नम्बर १ पुरुष तथा महिला कबड्डी छनौट प्रतियोगिता २०७८ शनिबारबाट झापाको मेचीनगरमा शुरु भएको छ । झापा जिल्ला कबड्डी संघको आयोजनामा धुलाबारीमा शुरु छनौट प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटा जिल्लाका २ सयबढी खेलाडी सहभागी रहेको संघका उपाध्यक्ष भूमि पौडेलले जानकारी दिनुभयो । धुलाबारीस्थित इष्ट होराइजन माविको मैदानमा छनौट…
प्रेरक प्रसंग : आउँदा जाँदाको आदर
एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन वोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । नजिक नबसाली अलिपरै बस्ने आदेश दिए । उनीहरु बीच कुराकानी सुरु भयो । कुराकानी हुँदै जाँदा नेपोलियनले उनी एक बढो कुशल चित्रकार हुन् भन्ने बुझे ।…
मगमग चाउचाउको फ्याक्ट्रीमा आगलागी
२९ माघ, मेचीनगर : आज बिहानै मेचीनगर १४ दुवागढीमा रहेको मगमग चाउचाउको फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागीबाट सम्पूर्ण फ्याक्ट्री ध्वस्त भएको मेचीनगर १४ निवासी लिलाधर ढकालले जानकारी दिनु भयो । अहिले दमकलको सहयताले आगो नियन्त्रमा लिने प्रयास भएपनि सम्पूर्ण फ्याक्ट्री जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ । आगलाीबाट के कति क्षति भयो भनेर…
वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने
२९ माघ, काठमाडौँ : निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ…

आजको राशिफल (मिति २०७८ साल माघ २९ गते शनिबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल…
