१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपालको आर्थिक नीतिमा सुधारको आवश्यक्ता छ -अन्तर्राष्ट्रिय मुद्रा कोष

सेयर:

२४ कात्तिक, काठमाडौँ : अन्तराष्ट्रिय मुद्राकोषले नेपालको आर्थिक नीतिमा सुधारको आवश्यक्ता रहेको जनाएको छ । अहिले विश्व ब्याजदर वृद्धि र महंगीको दबाबमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले सबै देशको चासो र चिन्ताको विषय महंगी बनेको बताएकी छन् ।
अमेरीका लगायतका देशमा महंगी आक्रामक तरिकाले उच्च हुँदै गएको र अझै बढ्न सक्ने अनुमान गरिएको छ । कोभिडपछिको अपुर्ण रिकभरीले अधिकांश देश थप महंगीको मारमा पर्न सक्ने बताइएको छ । विश्वव्यापी वित्तीय अवस्था कडा हुँदै जानु, युक्रेन युद्धको नकारात्मक प्रभाव र अधिकांश वस्तुको भाउ बढ्दै जाँदा विश्व अर्थतन्त्र थप अनिश्चिततातर्फ धकेलिएको सान्चेजले बताइन् ।

कम आय भएका देशमा पनि मुल्य वृद्धि हुन सुरु भइसकेको र अझ बढ्न सक्ने उनले बताइन् । छिमेकी देशमा जस्तै नेपालमा पनि अर्थतन्त्रमा अनिश्चितता कायमै रहेको आइएमएफले भनेको छ ।

यसका लागि आर्थिक नीतिमा बृहत सुधारको आवश्यकता औल्याएको छ । बाह्य पक्षको झड्का नेपाललाई पर्ने भनिएको छ । चीन तथा व्यापारिक साझेदारले गरेको निर्यात प्रतिबन्ध र नेपालको आफ्नै आन्तरिक प्राकृतिक प्रकोप र जलवायु सम्बन्धी प्रकोपका कारण जोखिम उत्पन्न हुनसक्ने आंकलन छ ।

यद्यपी आर्थिक वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत हुने प्रक्षेपण आइएमएफले गरेको छ । यो वर्ष नेपालको चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ६.३ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।