बीपी प्रतिष्ठानमा कोरोनाबाट २८ वर्षीया महिलाको मृत्यु

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मृतक सुनसरीको इनरुवा नगरपालिका–४ बस्ने २८ वर्षीया महिला भएको प्रतिष्ठानले जनाएको छ । योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्य भएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने सुनसरीमा ११ जना पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ । मृतक महिलाको शवको व्यबस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.