Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्वास्थ्य / जीवन शैली

डा. केसी-सरकार ८ बुँदे सहमति

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 11, 2020
  • 1:59 PM
  • No Comments
भित्र स्वास्थ्य / जीवन शैली
0 0
A A
0
सेयर
3
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

डा. केसीले अनशन भने आइतबार बिहान मात्र तोड्ने जनाएका छन् । उनले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।

सहमतिपत्रको पहिलो बुँदामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार र जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सुरु गर्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज स्थापना गर्न कानुनी व्यवस्था गर्ने सहमति पनि भएको छ । त्यहाँ भौतिक पूर्वाधार र जनशक्ति व्यवस्था गरी २०८० फागुन १० भित्रै पठनपाठन थाल्ने भनिएको छ । त्यसका लागि संसद्को आगामी हिउँदे अधिवेशनमा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पेस गर्ने सहमतिमा उल्लेख छ । प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्न शिक्षा मन्त्रालयले बजेट व्यवस्था गर्ने सहमति पनि भएको छ । पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्न पूर्वाधार निर्माणलाई जोड दिइने भएको छ ।

डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र शिक्षा मन्त्रालयले प्रक्रिया अघि बढाउने सहमति भएको सचिव मैनालीले जानकारी दिए ।

यस्तै सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति भएको छ । ‘कोभिड–१९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षण विस्तार गर्ने र कोभिडलगायत अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने,’ सहमतिको दोस्रो बुँदामा भनिएको छ । अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था पनि गरिने भएको छ ।

विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि कानुनी व्यवस्था गर्ने सहमतिसमेत भएको छ । पदाधिकारी नियुक्ति मापदण्ड निर्धारण समिति तथा कार्यदलको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढंगले नियुक्ति गर्न प्रस्तावित शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक तीन साताभित्र मस्यौदा तयार पार्ने सहमति भएको छ । उक्त कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमतालाई आधार मानी पदाधिकारी नियुक्ति गरिने भएको छ । डा. केसी र सरकारी वार्ता टोलीबीच बिहीबार भएको वार्तामा उक्त विषयमा सहमति हुन सकेको थिएन । डा. केसी पक्षले वरिष्ठताका आधारमा नियुक्ति दिनुपर्ने माग राखेका थिए भने सरकारी पक्षले कार्यक्षमताका आधारमा पनि नियुक्ति दिन सकिने अडान लिएको थियो । अन्ततः कानुनी व्यवस्था नभएसम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति दिने सहमति भएको हो । आईओएममा डिनलगायतका पदाधिकारी नियुक्ति वरिष्ठता मिचेर गरिएको भन्दै डा. केसी उनीहरूलाई हटाउनुपर्ने पक्षमा थिए ।

चिकित्सा शिक्षा ऐन संशोधन केसीको अर्को माग थियो । ऐन संशोधनका लागि कार्यदल गठन भएको छ । २०७५ को सम्झौताअनुसार ऐन संशोधनको विषय कार्यदलको क्षेत्राधिकारभित्र छोड्ने सहमति भएको छ । ऐन संसद्को क्षेत्राधिकारका विषय भएकामा दुवै पक्ष एकमत थिए । सहमतिमा भएका विषयहरूको कार्यान्वयन सरकारका सम्बन्धित निकायले गर्ने पनि सम्झौतामा उल्लेख छ । आठौं बुँदामा डा. केसीले अनशन तोड्ने भनिएको छ । डा. केसी पक्षले सहमतिहरू मन्त्रिपरिषद्बाटै अनुमोदन गराउनुपर्ने माग राखेका थिए । सम्झौता कार्यान्वयन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतापछि केसीको जीवनरक्षालाई ध्यान दिएर सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक मैनालीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा अभियन्ताको भूमिका निर्वाह गरेको भन्दै डा. केसीलाई सरकारका तर्फबाट धन्यवाद दिएका थिए ।

यसरी भयो सहमति

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा. दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो ।

वरिष्ठ चिकित्सकहरूसहित नागरिक समाजका अगुवाहरूले पनि सत्याग्रहीको जीवनरक्षाका लागि अपिल गरेका थिए । दुई पक्षीय वार्ता टोलीबीच बिहीबार नै सहमतिको खाका तयार भइसकेको थियो । डा. शाहको पहलमा प्रधानमन्त्री र डा. केसीसँग समन्वय गरेर सहमतिपत्रलाई अन्तिम रूप दिइएको वार्ता टोलीका एक सदस्यले जनाए । शनिबार राति शिक्षण अस्पतालमा वार्ता टोली डाकेर सहमतिमा हस्ताक्षर गरियो । शिक्षामन्त्रीसहितको टोलीलाई भने प्रधानमन्त्री ओलीले नै कोरोनाका बेला वार्ता भनेर भुल्ने समय नभएको भन्दै फिर्ता पठाइदिएका थिए । ‘सरकारी टोली एकातिर, केसीको वार्ता टोली अर्कातिर थियो, त्यसलाई प्रधानमन्त्रीसम्म जोड्ने र कन्भिन्स गर्ने काम दिव्या म्यामले गर्नुभयो,’ डा. केसी पक्षीय वार्ता टोलीका एक सदस्यले भने ।

बुधबार शिक्षा मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । त्यही दिन डा. केसी पक्षको पनि डा. जीवन क्षत्रीको नेतृत्वमा वार्ता टोली बन्यो । बिहीबार १० घण्टा वार्ता भयो । त्यतिबेला सहमति उन्मुख रहेको भनिएको थियो । सम्झौताको प्रारम्भिक मस्यौदा तयार पारियो । प्रधानमन्त्रीसँग छलफल गर्ने भनियो । शुक्रबार दिनभर वार्ता हुन सकेन । राति डेढ घण्टा वार्ता भयो ।

सहमति नभएपछि सरकार बिहीबारको सहमतिबाट पनि पछि फर्केको आरोप डा. केसी पक्षको वार्ता टोलीले लगाएको थियो । शनिबार राति बिहीबारकै मस्यौदालाई परिमार्जन गरेर सरकार र डा. केसीबीच सहमति भएको हो ।

यस्तो छ सहमति पत्र


ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
रक्तदान कार्यक्रम सम्पन्न
प्रदेश-१

रक्तदान कार्यक्रम सम्पन्न

June 23, 2022
आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप
कोरोना अपडेट

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

June 23, 2022
आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

June 21, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

नेपाल–भारत उडान कात्तिक १ बाट

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In