कृष्णथुम्कीमा दोस्रो दिन दर्शनार्थीको भीड

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौ, मेचीनगर : झापाको मेचीनगर –१ मा अवस्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल कृष्णथुम्कीमा भग्वान श्री कृष्णजन्माष्टमीका अवसरमा जारी त्रिदिवशिय धार्मिक एवम् साँस्कृतिक कार्यक्रम तथा दोस्रो कृष्ण रथयात्रा कार्यक्रम अन्तर्गत आज दोस्रो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् ।

आज श्री कृष्णको प्राकट्य महोत्सव वा श्री कृष्ण जन्मष्टमि भएका कारण अघिल्लो दिनको तुलनमा दर्शनार्थीहरुको भीडभाड निक्कै ठुलो थियो । कृष्ण थुम्की महाभारतकालीन पौराणिक मान्यता र प्राकृतिक सौन्दर्यले युक्त प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय तीर्थस्थल रहेकाले दर्शन गर्न स्वदेशी एवम् विदेशीहरुको निक्कै ठुलो भीडा थियो दोस्रो दिन ।

धार्मिक तथा ऐतिहासिक महत्व कृष्ण र गाईको खुरको डोबका पूजाअर्जना गर्ने देखि भजन किर्तन, सम्मानलगायतका कार्यक्रम सम्पन्न भएको छ । किंवदन्ती अनुसार यस स्थानमा महाभारतकालमा भगवान् श्रीकृष्णले यहाँ गाई चराएको यहाँ गाईको खुरको छाप र श्रीकृष्णको पाइलाको डोब रहेको पवित्र शिला छ ।

नेवाः देय दबु मेचीनगर ८ को लाखे नाच सहभागी भक्तजनहरुको आर्कषण बन्यो । लाखे नाचका विषयमा स्पष्ट समेत पारिएको थियो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण देशका विभिन्न ठाउँमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गदैं घटनामा परी मृत्यु भएकाहरुप्रति भावपुर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदनासहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता सवैको सकुशल उद्धारको कामनाको लागि १०८ दिप प्रज्वलन, २४ घण्टा अखण्ड भागवत पाठ साथै वातावरण शुद्धिका लागि हवनादीलगायतका कार्यक्रम समेत आजै सम्पन्न भए ।

कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्घाटन सत्रका अवसरमा विभिन्न प्रस्तुती दिएका विद्यालयहरुदेखि विभिन्न संघ संस्थालाई कदर र सम्मान पत्र प्रदान गरिएको थियो । कृष्णथुम्की विकास समिति मेचीनगर—१ ले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष हिम्मत क्षेत्री कार्यक्रमको सभापतित्व गर्दै प्रमुख अतिथि कोशी प्रदेश सभा गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले सम्मान र कदर पत्र प्रदान गरेका थिए ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मेचीनगर—०६ काँकरभिट्टाले राधाकृष्णको झाँकी प्रस्तुत गरेको थियो भने, विविध प्रस्तुती समेत दिएको थियो । राम जानकी साधना केन्द्र मेचीनगर १४ धाइजनमोडले योगका विषयमा प्रस्तुती प्रदर्शन गरेको थियो भन्‌े एस पी निकेतन माध्यमिक विद्यालय मेनपा–०१ का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । लामो समयदेखि शिक्षा सेवामा संलग्न बरिष्ठ राजयोग प्रशिक्षक अर्जुन थपलियाले कृष्ण जन्माष्टमीका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक महेन्द्रराज मल्ल, बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था झापा अध्यक्ष हेमलाल गुरागाईँ, मेची जनसाधरण माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रशेखर गुरागाईँ, मेचीनगर वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, कार्यपालिका सदस्य चित्रकुमार धिमाललगायत विभिन्न धार्मिक र सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थाका सचिव कुलप्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सदस्य लोकनाथ लामिछानेले शब्दमार्फत स्वागत गरेका थिए । आज साँझ श्री कृष्ण जन्मको झाँकी, सन्ध्या आरती, अखण्ड भागवत पाठलगायतका कार्यक्रम हुनेछन् ।भोली मेचीनगरस्तरीय रथयात्रा पश्चात कार्यक्रम समापन हुने आयोजक संस्थाका अध्यक्ष हिम्मत क्षेत्रीले बताए । रथयात्रा कृष्णथुम्की हुदैं बौद्धमोड, भृकुटी, दोकान डाडा, सिर्जना चोक, इटाभट्टा, काँकरभिट्टा, हनुमान मन्दिर, मेची नवदुर्गा मन्दिर बदैी टोल दुर्गा मन्दिर, बाहुनडाँगी, सिद्धेश्वर, मेचीडाँगी, गाडागल्ली, जिर्मले चोकहुदैं कृष्णथुम्की धाममा पुगेर समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.