झापाका विश्वदीप बेश्रा बने सन्थाल समुदायबाट पहिलो न्यायाधीस

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भदौ, मेचीनगर :  झापा गाउँपालिकाका विश्वदिप बेश्रा सन्थाल समुदायबाट पहिलो न्यायाधीस बनेका छन् । उनी सन्थाल समुदायबाट यति उच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत बेश्रालाई प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय ‐नियुक्ति पाउने) भएपछि लोपोन्मुख सन्थाल जातिबाट पहिलो न्यायाधीस बन्ने अवसर मिलेको हो । उनीसँगै न्याय समूहबाट चार, कानुन र सरकारी वकिल एक जनाले नियुक्ति पाए ।

उनी सन्थाल समुदायबाट नेपालको पहिलो न्यायाधीस बनेपछि यस समुदायका अगुवाहरु भन्छन, ‘समावेशीकरणको उदाहरण देख्न पाउँदा गौरवान्वित छौ ।’ ‘अहिलेसम्म हाम्रो समुदायबाट यति उच्च पदमा केही पनि पुगेको थिएन्,’ झापा मेचीनगरका हरि टुडुले भने, ‘यो निर्णयले हाम्रो समुदायको शिर उच्च छ । ’ यो निर्णयबाट आफूलाई धेरै खुशी लागेको झापा कन्काई नगरपालिका वडा नम्बर —९ का वडा सचिव जिसुु र्मुमुले प्रतिक्रिया दिए ।

उनले नियुक्ति पाएलगत्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले खुसी व्यक्त गर्दे आफ्नो मुहारपुस्तिकामा लेखेका छन्, ‘जिल्ला न्यायाधीशमा योग्यता पुगेका जोसुकै नियुक्त हुन सक्छ्न् त्यो त्यति खुसी साट्नु पर्ने विषय होइन, तर विश्वदिप बेश्राले नेपालको न्यायिक इतिहासमा नयाँ इँटा थप्नु भयो । अत्यन्त लोपोन्मुख सन्थाल जातिबाट पहिलो सरकारी अधिकृत हुँदै आज जिल्ला न्यायाधीश हुन सफल हुनु भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको कठिन बाल्यकाल, त्यो समुदायप्रतिको सामाजिक कुसंस्कार र सारा दबित आवाजको बाबजुद यो चानचुने उपलब्धि होइन । न्यायको शाख श्रीवृद्धिमा तपाईंको योगदान अतुलनीय हुनेछ ।’

वरिष्ठ अधिवक्ता भट्टराईको यो पोस्टको दुई घण्टामा ६ सय ८८ जनाले मन पर्यो भनेका छन् भने दुई सय ८८ जनाले प्रतिक्रिया जनाएका छन् । उनको यो पोस्ट १५ जनाले शेयर गरेका छन् । प्रतिक्रिया जनाउने अधिकाँशले उनलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

विश्वदीप बेश्राको न्यायाधीस नियुक्ती पछि झापा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उनीप्रति बधाई ज्ञापन गरेका छन् भने उपप्रमुख मीना पोख्रेल उप्रेतीले हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी छन् । सहकारीकर्मी रामचन्द्र उप्रेतीले ‘यो समुदायबाट यो उपलब्धिमा आउनु हामी सबैको लागि खुशीको कुरा हो’, भन्ने प्रतिक्रिया लेखेका छन् । ‘उहाँप्रति हार्दिक बधाई न्याय सम्पादनमा उत्कृष्ट हुनु हुने छ । ’ भवानी कट्टेलको प्रतिक्रिया ।

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर÷ उपरजिष्ट्रार अनुपमा पन्त धनुषालाई रौतहट जिल्ला अदालतमा नियुक्ति गर्दै पदस्थापना समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.